सिएमसि नेपालद्वारा मानसिक स्वास्थ्य परिक्षण कार्यक्रम साहारा घरमा सम्पन्न
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको साहार घरमा १ दिने मानसिक स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । सिएमसि नेपालको सहयोगमा बिहीबार भएको एक दिने स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको हो । सिएमसी नेपाल मनोसामाजिक सुपरिवेक्षक एवन श्रेष्ठले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत रही सहारा घरमा रहेका बेसाहारा हरुको स्वास्थ्य परिक्षण गरेको बताए । उनका अनुसार स्वास्थ्य परिक्षणका साथै अत्यावश्यक स्वास्थ्य सामाग्री समेत दिइएको हो । उनले भने आफ्नो संस्थाले विशेष गरि लैङ्गकि हिंसा बाट प्रभावित व्यक्ति हरुलाई मनोसामाजिक परामर्श दिने, मानसिक अवस्था कमजोर भएका व्यक्तिहरुको उद्ववार गरि सम्बन्धि निकाय सम्म पुर्याउने र आवश्यकता अनुसार उनीहरुको लाई…















