मुख्य समाचार

कैलालीको एक कस्मेटिक पसलमा आगलागी

कैलालीको एक कस्मेटिक पसलमा आगलागी

कैलाली । कैलालीको धनगढी उप–महानगरपालिका–५ पिपल चौतारामा रहेको एक कस्मेटिक पसलमा आगलागी भएको छ । ३९ वर्षीया तृप्ती जोशीले सञ्चालन गरेको तृप्ती कस्मेटिक पसलमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा १२ लाख बढीको क्षति भएको बताइएको छ  ।पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले बताएको छ।
पुरा पढ्नुहाेस्
आज नागपञ्चमी पर्व मनाइँदै

आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं । आज नाग पञ्चमी पर्व । परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूल ढोकामा नागको फोटो टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको । नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न…
पुरा पढ्नुहाेस्
लम्कीचुहा-१० ले भन्यो सडक छेउछाउमा पशुचौपाया नबाध्नुस

लम्कीचुहा-१० ले भन्यो सडक छेउछाउमा पशुचौपाया नबाध्नुस

बर्दगोरिया । कैलालीको लम्कीचुहा नगरपालिकाका वडा नम्बर १० ले सडक छेउछाउमा पशुचौपाया नवाँध्न तथा भौतिक संरचना निमार्ण सामाग्री नथुर्पान अनुरोध गरेको छ । वडाले आज एक सुचना सार्वजनीक गर्दै वडा भित्रका सडक छेउछाउमा ढुङ्गा ,बालुवा नथुपार्न, घरपालुवा पशुचौपाया नबाध्न अनुरोध गरेको हो । साघुरो सडक भएका कारण सडक छेउछाउमा भवन निमार्ण सामाग्री तथा पशुचौपाया वाँध्नाले सडक दुर्घटनाको जोखिम बढेको वडा अध्यक्ष हर्क बहादुर कठरियाले बताए । उनले भने सडक दुर्घटना न्यूनिकरण गर्दै सुन्दर वडा बनाउने उद्देश्यका साथा सडक छेउछाउमा पशुचौपाया नवाँध्न तथा भौतिक संरचना निमार्णका सामाग्री नथुर्पान आज एक सूचना मार्फत सम्पुर्ण वडा बासीहरुलाई जानकारी दिएका छौं । उक्त सुचनाको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ३ मा प्रसुती गृहको उद्घाटन, छिट्टै एम्बुलेन्स उपलब्ध गराउछु : अध्यक्ष कुँवर

बर्दगोरिया ३ मा प्रसुती गृहको उद्घाटन, छिट्टै एम्बुलेन्स उपलब्ध गराउछु : अध्यक्ष कुँवर

बर्दगोरिया । बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको रानीकुण्डा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूति गृहको उद्घाटन गरिएको छ । आईतवार पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सो प्रसुती गृहको उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कुँवरले नागरिकका समस्यानै आफ्ना समस्या भयको बताउदै कुनैपनि नागरिकलाई आधारभूत सेवा-सुबिधा र अधिकारबाट बञ्चित हुन नदिने बताउनु भयो ।   पालिका अध्यक्ष कुँवरले भन्नुभयो पिछडिएको वडाको रुपमा रहेको ३ नम्बर वडालाई बिकास गर्न आफू निरंतर लागी परेको छु । साथै यश क्षेत्रका जनताले समस्या भोग्न नपरोस् भन्दै चाडै एम्बुलेन्स उपलब्ध गराउने बताउनु भयो । नव निर्मित प्रसुति भवनको उद्घाटन गर्दै अध्यक्ष कुँवरले बर्थिङ…
पुरा पढ्नुहाेस्
तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ बिघा जग्गा

तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ बिघा जग्गा

काठमाडौं । नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु)ले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ। पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्योटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको गृह मन्त्रालयका प्रवक्ता, सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार आज मन्त्रालयमा प्राप्त रिपोर्टमा अहिलेसम्म तीन हजार एक सय ६१ पीडितसँग गरिएको मिलापत्रमा उक्त तथ्य पुष्टी भएको छ। मिटरब्याजसम्बन्धी कानुन बनेसँगै छानबिन, अनुसन्धान र मिलापत्रको काम तीव्र पारिएको छ। पीडितले साहुसँग रु एक अर्ब आठ करोड ६० लाख ८३ हजार छ सय ९४ माग गरेको देखिएको छ। तर साहुले भने रकम बढाएर रु…
पुरा पढ्नुहाेस्
अर्थतन्त्रमा मन्दी; सरकारले बढाएको न्यूनतम पारिश्रमिक दिन सकिंदैन : परिसंघ

अर्थतन्त्रमा मन्दी; सरकारले बढाएको न्यूनतम पारिश्रमिक दिन सकिंदैन : परिसंघ

१ भदौ, काठमाडौं । सरकारले बिहीबार राजपत्रमा सूचना जारी गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल उद्योग परिसंघले जनाएको छ । जस अनुसार सरकारले बढाए बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक दिन नसकिने परिसंघले प्रतिक्रिया दिदै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो परिसंघका अनुसार, ‘विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको धारणा व्यक्त गरेको छ ।' अर्थतन्त्र मन्दीमा रहेको र उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादनका कारण निजी क्षेत्रकोे मनोबल घट्दो अवस्थामा रहेको परिसंघले उल्लेख गरेको छ । उद्योगहरुको प्रकृति अनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको र उद्योगी व्यवसायीहरुले लगानीका योजना स्थगन गरिरहेको दाबी…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ६ मा गुरही असरैना कार्यक्रम भाद्र ४ मा हुँदै; तयारी तीब्र

बर्दगोरिया ६ मा गुरही असरैना कार्यक्रम भाद्र ४ मा हुँदै; तयारी तीब्र

बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ यही भाद्र ४ गते हुन लागेको थारुहरुको पहिलो पर्व गुरही असरैना कार्यक्रमको तयारी तीब्र रुपमा भइरहेको आयोजक कमिटीले जानकारी दिएको छ । वडा नम्बर ६ स्थित पृथ्वीपुरगाउँमा यही भाद्र ४ गते श्री जनजागरण युवा क्लबको आयोजनामा उक्त थारुहरुको पहिलो पर्व गुरही असरैना कार्यक्रम हुने भएको हो । “थारु भाषा ,सांस्कृति हमार पिहचान संरक्षण ,संवद्वन कर्ना हमार अभियान " भन्ने सहित आफ्नो कला र संकृतिको प्रवद्वन गर्ने उद्देश्यका साथ गुरही असरैना कार्यक्रम भाद्र ४ गते दिउँसो २ बजे देखि संचालन हुने आयोजकले क्लबले जानकारी दिएको छ । विगत २१ सय वर्ष देखि मनउदैआएको…
पुरा पढ्नुहाेस्

एक वर्षमा १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाण्डाै – आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअुनसार अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स २१ दशमलव २ प्रतिशतले बढेको हो । यस्तै गएकाे आर्थिक वर्ष अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या चार लाख ९७ हजार सात सय चार पुगेकाे छ । याे सङ्ख्या ४० दशमलव तीन प्रतिशतले वृद्धि भएकाे हाे । यस्तै पुनः श्रम स्वीकृति लिने नेपालीकाे सङ्ख्या भने एक दशमलव आठ प्रतिशतले घटेर दुई लाख ७७ हजार दुई सय ७२ रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।
पुरा पढ्नुहाेस्
नेपाल कुरियर संघ सुदुरपश्चिम प्रदेशको अध्यक्षमा भट्ट चयन

नेपाल कुरियर संघ सुदुरपश्चिम प्रदेशको अध्यक्षमा भट्ट चयन

२७ साउन, धनगढी नेपाल कुरियर संघ सुदुरपश्चिम प्रदेशको अध्यक्षमा नवराज भट्ट चयन भएका छन् । शनिबार धनगढीमा भएको संघको प्रथम अधिवेशनले भट्टको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा मुकेश बोहरा, सचिवमा अनिल चौधरी तथा कोषाध्यक्षमा खगेन्द्र प्रसाद ओझा चयन भएका छन् । त्यस्तै नवनिर्वाचित कार्यसमिति सदस्यहरुमा जीवन पाण्डे, भोज बहादुर शाही, अनिल चौधरी, पदम खरेल, घनश्याम पौडेल, नवराज भण्डारी र डम्बर सिंह रहेका छन् । संघका तदर्थ समितिका अध्यक्ष नवराज भट्टको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनमा प्रमुख अतिथि नेपाल कुरियर सेवा संघका कोषाध्यक्ष तथा केन्द्रीय प्रतिनिधि तिलराज खतिवडा र विशिष्ट अतिथि केन्द्रीय सदस्य टंकमणि…
पुरा पढ्नुहाेस्

नेपाल राहत शिक्षक बर्दगोरिया गाउँ कार्यसमितिको तेस्रो अधिवेशन सम्पन्न: अध्यक्षमा चक्र शाही

बर्दगोरिया । नेपाल राहत शिक्षक बर्दगोरिया गाउँ कार्यसमितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार नेपाल राहत शिक्षक बर्दगोरिया गाउँ कार्यसमितिका अध्यक्ष इन्द्र खतिवडाको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा प्रमुख अतिथि नेपाल राहत शिक्षक संगठन कैलाली जिल्ला कार्यसमिति अध्यक्ष सागर जोशी रहेका थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष जोशीले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै संगठनले राहत शिक्षकको हक हितमा न्याय पुर्ण तरिकाले आफ्नो कार्य गर्दै आएको बताए । बिगत लामो समय देखि राहतमा कार्यरत शिक्षक हरुको हक हितमा सरकारको ध्यानाकर्षण हुने गरि आफुहरुले आफ्ना कार्यक्रमहरु निरन्तर रुपमा गरिएको बताए । यस्तै अधिवेशनले चक्र बहादुर शाहीको अध्यक्षतामा ११…
पुरा पढ्नुहाेस्