मुख्य समाचार

श्री राम जानकी सामुदायिक व.उ. समुहाको १६ औं वार्षिक साधारण सभा सम्पन्न

श्री राम जानकी सामुदायिक व.उ. समुहाको १६ औं वार्षिक साधारण सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री राम जानकी सामुदायिक वन उपभोक्ता समुहाको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष मिन बहादुर चौधरीको अध्यक्षतामा शनिबार सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सव डिभिजन वन कार्यालय साढेपानीका वन रक्षक लन्क बहादुर बिश्वकर्मा रहेका थिए। यस्तै कार्यक्रमको विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका वड नम्बर ६ का वडा सदस्य हिक्मत बहादुर कठायत रहेका थिए । कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० को ८ लाख ८८ हजार १ सय १८ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरिएको थियो । कार्यक्रम सामुदायिक वनको भवन बर्दगोरिया ६ सुगुरखात भक्तिनिया डाडामा सम्पन्न भएको हो…
पुरा पढ्नुहाेस्
महिला टी–२० आई सिरिज; नेपालले पायो एक सय दुई रनको लक्ष्य

महिला टी–२० आई सिरिज; नेपालले पायो एक सय दुई रनको लक्ष्य

काठमाण्डौ । मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० आई सिरिजको उपाधिका लागि नेपालले एक सय दुई रनको लक्ष्य पाएको छ । बायोमास ओभलमा टस हारेर ब्याटिङ गरेको हङकङले नेपाललाई एक सय दुई  रनको लक्ष्य दिएको छ । हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय एक रन बनायो । हङकङकी यिङ चानले २९ रन बनाइन् । नेपालका लागि खुसी डंगोलले तीन, कविता जोशी तथा अस्मिना कर्माचार्यले एक/एक विकेट लिए । प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारी स्वरुप नेपालले यो प्रतियोगिता…
पुरा पढ्नुहाेस्
महिला टी–२० आई सिरिज; नेपाल र हङकङबीच आज फाइनल खेल हुँदै

महिला टी–२० आई सिरिज; नेपाल र हङकङबीच आज फाइनल खेल हुँदै

काठमाडौं । महिला टी–२० आई सिरिजको फाइनलमा शनिबार आज नेपाल र हङकङबीच खेल हुँदैछ मलेसियामा जारी चार देश सहभागी महिला टी–२० आई सिरिजको फाइनलमा अन्तिम खेलमा मलेसियासँग पराजित भए पनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो । शुक्रबार भएको समूहको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो। नेपाल तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ। नेपालको नेटरनरेट ०.८५३ छ। अघिल्ला दुई खेलमा नेपालले कुवेतलाई र हङकङलाई हराएको थियो। हङकङ तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ। हङकङको नेट रनरेट…
पुरा पढ्नुहाेस्

कस्तो रहला आज शनिबारको मौसम ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिबार कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आइतबार भने…
पुरा पढ्नुहाेस्
बर्दगोरियाका एक पुरुष भारतको गुजरातबाट बेपत्ता

बर्दगोरियाका एक पुरुष भारतको गुजरातबाट बेपत्ता

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ सुन्दरपुर निवासी ४० वर्षीया दान बहादुर कठरिया भारतको गुजारा बाट बेपत्ता भएका छन । रोजगारको सिलसिला श्रावण १८ गते भारत गएका उनी २३ गते भारतकै गुजरात बाट बेपत्ता भएका हुन । उनी सँगै रोजगारीको सिलसिलामा रहेका घोडाघोडी नगरपालिका गणेशपुर निवासी बुधराम चौधरीका अनुसार उनी राति एकासी आफै रुमबाट बेपत्ता भएको बताए । उनके भने, " हामीहरु राति सँगै सुतेको थियौ, तर जब आफु उठे तब उनी त्यहा थिएन्न । त्यसपछि उनी आफ्नो सम्पर्कमा छैनन् । बेपत्ता भएका उनको परिवारजन तथा आफन्तले खोजी कार्य जारी गरेको बौनिया बजारका व्यापारी मधुकर सिजापतिले नौलो प्रेस…
पुरा पढ्नुहाेस्
राष्ट्रिय युवा संघ नेपाल बर्दगोरिया गाउँ कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल बर्दगोरिया गाउँ कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न

बर्दगोरिया । राष्ट्रिय युवा संघ नेपाल बर्दगोरिया गाउँ कमिटीको प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । शुक्रवार बर्दगोरिया गाउँलालिका वडा नम्बर २ मा अवस्थित बौनिया बजार व्यवस्थापन समितीको सभा हलमा युवा संघको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय युवा संघ कैलाली जिल्ला कमिटी सदस्य तथा बर्दगोरिया इन्चार्ज दिपक गौतमको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सुरेन्द्र बहादुर शाही रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सुरेन्द्र बहादुर शाही ले राष्ट्रिय युवा संघ नेपालले देशको हक हितमा निरन्तर आवाज उठाउदै आएको बताए । राष्ट्रिय युवा संघले विगत देखि हाल…
पुरा पढ्नुहाेस्
सुनको मूल्य स्थिर; चाँदी तोलामा १० रुपैयाँले घट्यो

सुनको मूल्य स्थिर; चाँदी तोलामा १० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पहेँलो धातु सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पुरा पढ्नुहाेस्
महिला टी-ट्वान्टी आई सिरिज: शुक्रबार नेपालर मलेसिया बीच प्रतिस्पर्धा

महिला टी-ट्वान्टी आई सिरिज: शुक्रबार नेपालर मलेसिया बीच प्रतिस्पर्धा

काठमाडौं । मलेसियामा जारी चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा शुक्रबार नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। घरेलु टोली मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ। आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ। यसअघिका दुई खेलमा जित दर्ता गरेको नेपाल ४ अंकसहित फाइनल नजिकको छ। मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो।
पुरा पढ्नुहाेस्
दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका १० जनाकै शव फेला

दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका १० जनाकै शव फेला

दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका सबैको शव फेला परेको छ । एम्ब्रेर लिगेसी जेटमा रहेका वाग्नर प्रमुख येवगेनी प्रिगोजिनसहित सबै १० यात्रुको शव फेला परेको रुसी आपतकालीन सेवाले जनाएको छ । बुधबार प्रिगोजिनको मृत्युको खबर सुनेपछि धेरै रुसी अचम्ममा परेका थिए। प्रिगोजिनले दुई महिनाअघि असफल विद्रोह सुरु गरेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिएका थिए। प्रिगोजन समेत सवार उक्त जेट समस्याका कुनै सङ्केत नै नदेखाई अचानक खसेको फ्लाइट ट्रयाकिङ डेटामा देखिन्छ। त्यसपछि करिब ३० सेकेण्डमा उक्त जेट २८ हजार फिटको उचाइबाट ८ हजार फिटभन्दा तल खसेको थियो। नागरिक उड्डयन प्राधिकरणका अधिकारीका अनुसार उनीहरूको ध्यान अहिले दुर्घटनाको कारण पत्ता लगाउनेतर्फ केन्द्रित भएको…
पुरा पढ्नुहाेस्
पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा

पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा

भरतपुर । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र  वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् । दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित हुन्छन् । निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि विसं २०४१ बाट हात्ती सफारी गर्ने गरिएको हो । यहाँ हात्ती चढ्नकै लागि पर्यटक आउने गर्दथे । तर पछिल्लो समय यहाँको पहिचानका रूपमा रहेको हात्ती सफारी सङ्कटमा पर्दै गएको छ । पछिल्लो समय हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या क्रमशः घट्दै गएको रेवान सौराहाका पूर्वअध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । कोरोना महामारीपछि सौराहा आउने २५ प्रतिशत पर्यटकमात्र हात्ती सफारी गर्ने गरेको उनले जानकारी दिए ।…
पुरा पढ्नुहाेस्