सिएमसि नेपालद्वारा मानसिक स्वास्थ्य परिक्षण कार्यक्रम साहारा घरमा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको साहार घरमा १ दिने मानसिक स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सिएमसि नेपालको सहयोगमा बिहीबार भएको एक दिने स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

सिएमसी नेपाल मनोसामाजिक सुपरिवेक्षक एवन श्रेष्ठले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत रही सहारा घरमा रहेका बेसाहारा हरुको स्वास्थ्य परिक्षण गरेको बताए । उनका अनुसार स्वास्थ्य परिक्षणका साथै अत्यावश्यक स्वास्थ्य सामाग्री समेत दिइएको हो । उनले भने आफ्नो संस्थाले विशेष गरि लैङ्गकि हिंसा बाट प्रभावित व्यक्ति हरुलाई मनोसामाजिक परामर्श दिने, मानसिक अवस्था कमजोर भएका व्यक्तिहरुको उद्ववार गरि सम्बन्धि निकाय सम्म पुर्‍याउने र आवश्यकता अनुसार उनीहरुको लाई स्वास्थ्य सामाग्री सहयोग गर्ने गरेको बताए ।

यस्तै कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै उपाध्यक्ष गिरीले जसको कोही छैन त्यसको सहारा सरकार हुने बताए । जस अनुसार आफुहरु हाल स्थानीय सरकारको भुमिकामा रहेको हुँदा सहारा बिहिन हरुको आफुसरु सहारा हुने बताए । सोही अनुसार आफुहरुले आफ्नो कर्तव्य लाई आत्मसात गर्दै पालिकाले गर्न सक्ने सक्दो सहयोग गरिरहेका र पालिका बाट सम्भव हुन नसका कुरा प्रदेश सरकार तथा केन्द्र सरकार सङ्ग समन्वय गर्दै अभिभावकको जिम्मेवार निर्वाह गर्दै आएको बताए ।

सोही क्रममा उनले भने – सहारा बिहिनको साहारा सरकार हुनु पर्ने भयता पनि अहिले बेसहारा हरुको सहारा कुनै एक व्यक्त वा संस्था हुने गरेको छ । सोही अनुसार बर्दगोरिया गाउँपालिकामा पनि एक मानवरुपि व्यक्ति बल बहादुर बिष्ट रहेका छन । उनलाई आवस्यक पर्ने हरेक आवश्यकता पालिकाको तर्फबाट पुर्‍याउने प्रयास गर्नेछौं ।

यस्तै कार्यक्रमको सभापति बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बि.क रहेका थिए । उनले कार्यक्रमको समापन गर्दै पालिका र आफ्नो वडाले सक्ने सहयोग विगत देखि गर्दै आएको र आगामी दिनमा त्यसलाई थप व्यवस्थित गर्ने बताए ।

स्वास्थ्य परिक्षण कार्यक्रम डा. मानसिक रोग विशेषज्ञ चिकित्सक अभिलाषा गिरीले स्वास्थ्य परिक्षण गर्दै सेवा दिएकी हुन ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका स्वस्थ्य शाखाका निर्प बिष्ट, स्वस्थ्य इकाई दोघराका प्रमुख पुष्प खतिवडा लगाएको सहभागीता रहेको थियो ।

कार्यक्रमको संचालन धनराज बि.कले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार