
काठमाडौँ । मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटनामा परेको छ ।
सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट काठमाडौंका लागि बिहान १० बजेर १३ उडेको हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटना परेको हो ।
हेलिकप्टर दुर्घटना हुँदा सवार ६ जनाको मृत्यु भएको छ । क्याप्टेन चेतबहादुर गुरुङसहित अन्य ५ जना मेक्सीकोका नागरिकको शव दुर्घटनास्थल लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा भेटिएको छ ।
हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।