बर्दगोरियामा बाल कल्याण संघ टीकापुरको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

बर्दगोरिया । बाल कल्याण संघ टीकापुरले सामाजिक परिक्षण कार्यक्रम २०७९/०८० सम्पन्न गरेको छ ।

चालु आर्थिक वर्षमा संघले बर्दगोरिया गाउँपालिकामा गरेका कार्यहरुको सार्वजनिक गर्दै सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी, वडा अध्यक्षहरु, पालिकाको कृषि शाखा, पशुसेवा शाखा, स्वास्थ्य शाखाका प्रतिनिधिहरु लगाएको सहभागी रहेको थियो ।

कार्यक्रम बोल्दै बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गिरीले बाल कल्याण संघ टीकापुरले आफ्नो पालिकामा गरेका कामहरु प्रति आफ्नो पालिकाको ध्यानाकर्षण भएको बताए । उनले भने हामीले गर्नु पर्ने केही कार्यहारु संघले गरेको छ, र उसले गर्न नसकेका कार्यहरू पालिकालाई सल्लाह सुझाव अनुसार दिएको छ । सोही क्रममा उनले जोडे जसरी संघ ले पालिका सङ्ग सहकार्य गर्दै आफ्नो कार्यक्रम हरु संचालन गर्दै आएको छ त्यसको अनुगमन र ति कार्यक्रम हरु कत्तिको प्रभावकारी छन भन्ने विषयमा पनि आफ्नो ध्यान केन्द्रिय गर्नु पर्ने बताए

कार्यक्रममा नयनतारा श्रेष्ठ ले चालु आर्थिक वर्षमा संस्थाले गरेका कार्यक्रम र आगामी दिनमा संस्थाले गर्ने कार्यक्रमको बारेका जानकारी दिएकी हुन ।

संघ पालिकाको ६ वटा वडामा ५० वटा समुह बनाएर आफ्नो कार्यक्रम हरु संचालन गर्दै आएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार