दोदोधरा अस्पतालमा पुग्यो एक्स-रे मेसिन; साउन महिनाबाट २४ सैं घण्टा सेवा प्रवाह

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको दोदोधरा अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले एक्स-रे मेसिन दिएको छ ।

प्रदेश सरकारले ४१ लाख बराबरको मेसिन र अन्य उपकरणहरु दिएको हो ।

अस्पतालमा डिजिटल एक्स-रे मेसिन आए सँगै सेवा थप प्रभावकारी बन्दै जाने अपेक्षा गरिएको छ । उक्त मेसिन बिहीबार अस्पतालमा पुगेको भएपनि काठमाण्डौबाट प्राविधिक आउनु पर्ने भएकाले जडान गर्न भने केही दिन लाग्ने अस्पताल प्रशासनले जनाएको छ ।

देशभरका ५ सय बढी पालिकामा एकसाथ शिलान्यास गरिएका १५ शय्या आधारभूत अस्पताल मध्ये दोदोधारा अस्पतालमा भने निर्माणमा देशकै पहिलो बनेको थियो ।

निर्माण जस्तै गुणस्तरीय सेवा प्रवाहमा पनि नमुना र उत्कृष्ट बनाउने लक्ष्यका साथ गाउँपालिकाले साउन महिनाबाट २४ सैं घण्टा सेवा प्रवाह गर्ने भएको छ । स्वास्थ्य समस्या बोकेर बाहिर जानु पर्ने समस्याको अन्त्य गर्दै जनताको सहजताका लागी योजनाबद्ध ढङ्गले अघि बढ्ने गाउँपालिकाले जनाएको छ ।

हाल अस्पताल सञ्चालनमा रहेको भए पनि आवश्यक थप उपकरण र कर्मचारीको व्यवस्थापन भने हुन बाँकी रहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार