महिला टी-ट्वान्टी आई सिरिज: शुक्रबार नेपालर मलेसिया बीच प्रतिस्पर्धा

काठमाडौं । मलेसियामा जारी चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा शुक्रबार नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।

घरेलु टोली मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ।

आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ। यसअघिका दुई खेलमा जित दर्ता गरेको नेपाल ४ अंकसहित फाइनल नजिकको छ।

मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार