जनता सँग माओवादी विशेष रुपान्तरण; प्युठानको स्वर्गद्वारी पुगेका जैशीको भव्य स्वागत

प्यूठान। नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को जनता सँग माओवादी विशेष रुपान्तरण कार्यक्रमलाई सफल बनाउन अहिले पार्टीका जिम्मेवार नेता कार्यकर्ताहरु आआफ्नो जिम्मेवारी समाल्दै स्थानीय तहमा गइरहेका छन ।

 

जस अनुसार पार्टीका केन्द्रिय सदस्य लोकराज जैशी (लोकेश) पनि आफ्नो जिम्मेवारी लिदै प्युठानको स्वर्गद्वारी गाउँपालिका पुगेका छन ।

प्युठानको स्वर्गद्वारी र माण्डवी गाउँपालिकाको जिम्मेवारी सम्माले का उनी हिजो मात्र जिल्लाको स्वर्गद्वारी नगपालिका पुगेका हुन ।
स्वर्गद्वारी नगरपालिका पुगेका उनलाई पार्टीका स्वर्गद्वारी नगर कमिटीको पदाधिकारीको बैठकले एक कार्यक्रमका बीच स्वागत सम्मान गरेको छ ।

 

बैठकमा पार्टीको जनता सँग माओवादी विशेष रुपान्तरण कार्यक्रमलाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा व्यपक रुपमा छलफल भएको थियो ।

 

बैठकले अभियानमा नगरभित्रका विभिन्न ९ वडा कमिटीको कार्य विभाजन गर्न, आन्तरिक तयारीका विषयमा ठोस योजना बनाउन ११ गते विहान ११ बजेको लागि नगर कमिटीको पुर्ण विस्तारित बैठक बोलाइएको छ । बैठक स्वर्गद्वारी नगरपालिकाको भिङ्गी (जलुके धर्मशाला) को हलमा बस्ने भएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार