राष्ट्रिय युवा संघ नेपाल बर्दगोरिया गाउँ कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न

बर्दगोरिया । राष्ट्रिय युवा संघ नेपाल बर्दगोरिया गाउँ कमिटीको प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

शुक्रवार बर्दगोरिया गाउँलालिका वडा नम्बर २ मा अवस्थित बौनिया बजार व्यवस्थापन समितीको सभा हलमा युवा संघको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्रिय युवा संघ कैलाली जिल्ला कमिटी सदस्य तथा बर्दगोरिया इन्चार्ज दिपक गौतमको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सुरेन्द्र बहादुर शाही रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सुरेन्द्र बहादुर शाही ले राष्ट्रिय युवा संघ नेपालले देशको हक हितमा निरन्तर आवाज उठाउदै आएको बताए । राष्ट्रिय युवा संघले विगत देखि हाल सम्म देश जनताको अहितमा हुने कुनै पनि कार्यक्रम नगरेको छैन । यस्को बारेम पनि युवाहरू प्रशिक्षण गराउन जरुरी रहेको बताए । पछिल्लो समय युवा पुस्ताहरुमा युवा संघले गरेका काम तथा युवा संघले गर्नु पर्ने कार्यहरुको बारेमा प्रशिक्षणको कमि भएकोले युवा पुस्ताहरु युवा संघमा त्यति जागरुक नभएको बताए । यो प्रशिक्षण कार्यक्रमले युवा हरुमा थप जोस जागर बढाउने कुरामा आफु विश्वस्त रहेको बताए ।

सोही क्रममा उनले भने आफ्नो व्यस्तताको समयलाई ख्याल गर्दै केही समय पार्टी तथा संगठन निर्माण कार्यमा दिन समेत अनुरोध गरे ।

यस्तै प्रशिक्षण कार्यक्रमको विशिष्ट अतिथि नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्य शिवराज कुँवर रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कुँवरले पछिल्लो समय युवा हरुमा पार्टी प्रति चासो खस्किदो क्रममा रहेको हुँदा युवा हरुलाई पार्टी प्रति सक्रिय बनाउन सबैले आआफ्नो क्षेत्र बाट लाग्नु पर्ने कुरामा जोड दिए ।

यस्तै कार्यक्रम नेकपा एमाले कैलाली जिल्ला सदस्य तथा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले आफ्नो शुभकामना मन्तव्य मार्फत पछिल्लो समय युवाहरु कुलतमा दिनप्रतिदिन फसिरहेको बताए । तर्सथ आफुहरुले जनप्रतिनिधिको तर्फबाट युवाहरूलाई कुलत बाट निकाल्ने प्रयासमा रहेको हुँदा यस्ता कार्यक्रम राष्ट्रिय युवा संघको पनि एक अमुल्य भुमिका रहेको बताउदै आफ्नो भुमिकाबाट पछि नहट्न अनुरोध गरे ।

कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्ला अध्यक्ष, पार्टी नेता टंक ओलीले आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
तारामान कुँवरको स्वागत मन्तव्य सङ्गै शुरु भएको कार्यक्रमको संचालन राजेन्द्र रावलले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार