श्री राम जानकी सामुदायिक व.उ. समुहाको १६ औं वार्षिक साधारण सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री राम जानकी सामुदायिक वन उपभोक्ता समुहाको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

सामुदायिक वनका अध्यक्ष मिन बहादुर चौधरीको अध्यक्षतामा शनिबार सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सव डिभिजन वन कार्यालय साढेपानीका वन रक्षक लन्क बहादुर बिश्वकर्मा रहेका थिए।

यस्तै कार्यक्रमको विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका वड नम्बर ६ का वडा सदस्य हिक्मत बहादुर कठायत रहेका थिए ।

कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० को ८ लाख ८८ हजार १ सय १८ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरिएको थियो ।

कार्यक्रम सामुदायिक वनको भवन बर्दगोरिया ६ सुगुरखात भक्तिनिया डाडामा सम्पन्न भएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार