बर्दगोरिया- ६ सुगरखालमा निर्माणधीन झोलुङ्गे पुलको निर्माणकार्य अन्तिम चरणमा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा निर्माणधीन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरण रहेको छ ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ र घोडाघोडी नगरपालिका वडा नम्बर ३ जोडने (काडा नदीमा) निर्माण भइरहेको उक्त झोलुङ्गे पुलको निर्माणकार्य अन्तिम चरणमा रहेको हो ।

सम्झौता भएको करिव ३ वर्ष पछी उक्त झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न हुन लागेको हो ।

झोलुङ्गे पुलमा समान्यतया मानिस आवतजावत गर्न सुरु गरिसकेका भएपनि औपचारिक रुपमा संचालन हुन भने हुन बाकी रहेको छ ।

पुलको दुबै किनार तर्फ बनेका जगको पलास्टर कार्य जारि रहेको पुल निर्माणको ठेक्का पाएका लोकेन्द्र न्यौपाने बताए । उनले भने- “हामीले अन्य सम्पुर्ण कार्य सम्पन्न गरिसकेका छौँ । अहिले पुलको जगमा पलाष्टर गर्ने काम भइरहेको छ, र उक्त काम अबको एक हप्ता भित्र हामीले सम्पन्न गरि निर्माण उपभोक्ता समितिलाई हस्तान्तरण गर्नेछौं ।”

उक्त झोलुङ्गे पुल सुगुरखाल जोकाही झोलुङ्गे पुल निर्माण उपभोक्त समुहको मातहतमा निर्माण भइरहेको छ ।

पुल निर्माण कार्य सम्पन्न हुना साथ बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ र घोडाघोडी नगरपालिका वडा नम्बर ३ का स्थानीय वासीहरुलाई आवतजावतमा निकै सहज हुने छ । उक्त काडा नदीमा पुल नहुदा विशेषगरी वर्षातको समयमा यहाँका स्थानीय वासीहरुलाई आवतजावत गर्न निकै कठिनाइ हुने गरेको थियो । तर अब उक्त समस्याको समाधान हुने एक स्थानीयले बताए ।

विगतमा पुल नहुदा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को धार्मिक स्थलका रुपमा परिचीत श्री राम जानकी मन्दिरमा समेत जान निकै समस्या हुने गर्थ्यो । तर अब झोलुङ्गे पुल निर्माण भएपछि पुजापाठ गर्न तथा अन्य कुनै जुनसुकै कामकाजको लागि नदी वारपार गर्न निकै समस्या सहज हुने उनीहरू बताउँछन् ।

करिब १२० मिटर लामो उक्त झोलुङ्गे पुल ८८,९६,९८९.२६ रुपैयाँमा लागतमा निर्माण भइरहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार