मुख्य समाचार

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले आज शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आइतबार पनि देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया-४ द्वारा खेलकुद सामाग्री हस्तान्तरण

बर्दगोरिया-४ द्वारा खेलकुद सामाग्री हस्तान्तरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ ले खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । बिहिवार वडा कार्यालयले वडामा रहेका युवा क्लब र सामुदायिक विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । वडा अध्यक्ष जगत बहादुर शाहीले वडामा आएको निवेदनका आधारमा आफुहरुले विभिन्न खेलकुद सामाग्री सहयोग गरेको बताए । उनले भने-'अहिले हामीले वडाका सबै युवा क्लब र विद्यालयलाई समेट्न सकेका छैनौं । वडामा आएको निवेदनका अनुसार आवश्यकता बमोजिम सिमित मात्रामा मात्र हामीले खेलकुद सामाग्री हस्तान्तरण गरेका छौं ।' वडाले खेलकुद सामाग्रीमा फुटबल, भलिबल र क्रीकेट बल हस्तान्तरण गरेको छ ।
पुरा पढ्नुहाेस्

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति भने  देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा भोलि नि;शुल्क आँखा चेकजाँच शिविर संचालन हुँदै

बर्दगोरिया-५ मा भोलि नि;शुल्क आँखा चेकजाँच शिविर संचालन हुँदै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा एक दिने नि;शुल्क आँखा चेकजाँच शिविर संचालन गरिने भएको छ । वडा नम्बर ५ को आर्थिक सहयोग तथा च्यारिटी हेल्थ फाउण्डेशन नेपाल र श्रीकृष्ण आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त १ दिने निःशुल्क आँखा चेकजाँच शिविर संचालन हुन लागेको हो । मंगलबार वडा कार्यालयले एक सूचना जारी गर्दै वडा कार्यालयले असोज २५ गते बिहिवारका दिन नि;शुल्क आँखा चेकजाँच शिविर संचालन गरिने जानकारी दिएको हो । कार्यक्रम वडा नम्बर ५ को कार्यालयमा बिहान १० बजे देखि संचालन गरिने छ । शशिविरबाट निःशुल्क रुपमा आँखा चेकजाँच गरिनुका साथै निःशुल्क रुपमा औषधी समेत वितरण गरिने…
पुरा पढ्नुहाेस्
श्री महुन्याल मा.वि.बास्कोटीमा अध्ययनरत दिपिका डगौराको सम्पूर्ण अध्ययन खर्च व्यहोर्दै; वडा अध्यक्ष शाही

श्री महुन्याल मा.वि.बास्कोटीमा अध्ययनरत दिपिका डगौराको सम्पूर्ण अध्ययन खर्च व्यहोर्दै; वडा अध्यक्ष शाही

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिक वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले श्री महुन्याल माध्यमिक विद्यालय बास्कोटीमा कक्षा १२ मा अध्ययनरत दिपिका डगौराको अभिभावक्तो लिएका छन । अध्यक्ष शाहीले डगौराको अभिभावक्तो ग्रहण गर्दै कक्षा १२ को अध्ययन का क्रममा विद्यालयमा लाग्ने सम्पूर्ण खर्च व्यहोरेका हुन । उनले आज विद्यालयमा स्वयं उपस्थित भइ डगौराको वर्ष भरी लाग्ने खर्च आफ्नो पारिश्रमिक मार्फत बुझाएका हुन । वडा अध्यक्ष शाहीले डगौराको पारिवारिक आर्थिक अवस्था कमजोर भइ आफ्नो अध्यनलाई रोक्नु पर्ने अवस्था सृजना भएपछि आफुले आफ्नो दायित्व सम्झेर उनको अध्यनलाई निरन्तरता दिन आफ्नो पारिश्रमिक मार्फत सहयोग गरेको बताए । उनले भने -"मैले सकेसम्म…
पुरा पढ्नुहाेस्

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशको एक  दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी…
पुरा पढ्नुहाेस्
भोलि सार्वजनिक बिदा होइन, राष्ट्रिय शोकको घोषणा मात्र हो: मन्त्री शर्मा

भोलि सार्वजनिक बिदा होइन, राष्ट्रिय शोकको घोषणा मात्र हो: मन्त्री शर्मा

काठमाडौँ । सरकारले मंगलबार एक राष्ट्रिय शोकको घोषणा गरेको छ । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले भोलि एक दिन राष्ट्रिय शोकको घोषणा हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । मंगलबार देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्री शर्माले देशभर बिदा दिएको नभइ राष्ट्रिय शोकको घोषणा मात्रै भएको स्पष्ट गरिन् ।  मन्त्रिपरिषद्ले आतंकवादी समूहको आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल…
पुरा पढ्नुहाेस्

मौसम क्रमशः रुपमा बाहिरीदै

काठमाडौँ । हाल देशबाट क्रममा रुपमा मौसम बाहिरी रहेको छ । जस अनुसार यस वर्षको मनसुन आइतबारदेखि दिन नेपालको कर्णाली प्रदेशको अधिकांश भू-भाग तथा लुम्बिनी प्रदेशको पश्चिम भू-भागबाट पनि बाहिरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू-भागबाट भने मनसुन गत असोज १९ गते  नै बाहिरिएको थियो । हाल नेपालको पूर्वी तथा मध्य भागमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
तुइनको डोरी चुडिँदा कर्णालीमा खसेका पुरूष बेपत्ता

तुइनको डोरी चुडिँदा कर्णालीमा खसेका पुरूष बेपत्ता

सिमकोट । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा  ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ । कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार ल्याप्चेमा रहेको (खडीखेत) घाटमा तुइनबाट खसेर बेपत्ता भएका हुन्। कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा विभिन्न १८ निर्माण समूहले काम गर्दै आएका थिए। उनको…
पुरा पढ्नुहाेस्

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । नेपालमा हाल बङ्गलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। यी तीन  प्रदेशका थोरै स्थानहरूमा र मधेस तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
पुरा पढ्नुहाेस्