![](https://naulopress.com/wp-content/uploads/2024/10/sudur-prime-dental-final.gif)
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा एक दिने नि;शुल्क आँखा चेकजाँच शिविर संचालन गरिने भएको छ ।
वडा नम्बर ५ को आर्थिक सहयोग तथा च्यारिटी हेल्थ फाउण्डेशन नेपाल र श्रीकृष्ण आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त १ दिने निःशुल्क आँखा चेकजाँच शिविर संचालन हुन लागेको हो ।
मंगलबार वडा कार्यालयले एक सूचना जारी गर्दै वडा कार्यालयले असोज २५ गते बिहिवारका दिन नि;शुल्क आँखा चेकजाँच शिविर संचालन गरिने जानकारी दिएको हो । कार्यक्रम वडा नम्बर ५ को कार्यालयमा बिहान १० बजे देखि संचालन गरिने छ ।
शशिविरबाट निःशुल्क रुपमा आँखा चेकजाँच गरिनुका साथै निःशुल्क रुपमा औषधी समेत वितरण गरिने छ ।
यस्तै ४० वर्ष भन्दा माथिका विरामीलाई लेखपढ गर्न समस्या भनेका व्यक्ति हरुलाई नि:शुल्क चस्मा समेत उपलब्ध गराइने छ । मोति विन्दु तथा जलविन्दु, आँखा मासु पलाएको विरामीहरुको नि:शुल्क अप्रेशन गरिनुका साथै अप्रेसन गर्न लागि टीकापुर जानुपर्ने विरामी लाई एकतर्फको गाडी भाडाको व्यवस्था गरिने भएको छ ।