मुख्य समाचार

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । नेपालको हाल पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। यस्तै आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ। आज राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली…
पुरा पढ्नुहाेस्
आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

काठमाडौँ । आश्विन शुक्ल पूर्णिमाका दिन आज  खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुनेछ ।  राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात  समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । यो चन्द्रग्रहण विसं २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-४ मा दशैको अवसरमा बृहत देउडा खेल सम्पन्न

बर्दगोरिया-४ मा दशैको अवसरमा बृहत देउडा खेल सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा दशैको अवसरमा बृहत देउडा खेल खेलिएको छ । विहिवार श्री नवदुर्गा कालिका मन्दिर सुन्दरपुरको आयोजना मा उक्त देउडा खेल सम्पन्न भएको नव दुर्गा कालिका मन्दिरका अध्यक्ष जंग बहादुर विश्वकर्माले बताए । उनले भने - 'हामीले हरेक वर्ष असोज शुक्ल पक्षको त्रयोदशी दिन आफ्नो परम्परागत रीतिरिवाज अन्तर्गत नव दुर्गामातालाई राँगाको बलि चढाउने गर्ने गर्छौ । उक्त परम्परागत अनुसार आज पनि हामीले नव दुर्गामातालाई राँगाको बलि चढाएका हौं । सोही कार्यक्रमको अवसर पारी आज दिनभर वृहत् देउडा खेलको समएत आयोजना गरेका हौं । हाम्रा पुर्खाले हामीलाई हस्तान्तरण गरेको परम्परागत रीतिरिवाज लाई जगेर्ना गर्नुका…
पुरा पढ्नुहाेस्

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । नेपालको पश्चिमी भूभागमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज बिहीबार देशको पहाडी भूभागको मौसम आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। यस्तै देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। शुक्रबार देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया ६ मा व्यवसायीक कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण

बर्दगोरिया ६ मा व्यवसायीक कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ ले व्यवसायिक कृषकहरूलाई कृषि सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार वडाले वडा मा दर्ता भइ व्यवसायीक रुपमा कृषि पेशामा आवद्ध कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण गरेको हो । जसमा १ क्रेट, २ पाकेट पोषण र १ पाकेट जिङ्क हस्तान्तरण गरेको हो । विशेष गरी तरकारी वालिमा कुनै पनि प्रकारको रोगले आक्रमण नगरुन र तरकारी बालीको उत्पादन राम्रो होस भन्ने उद्देश्यका साथ उक्त औषधि वितरण गरेको वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले बताए ।
पुरा पढ्नुहाेस्
मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम अन्तरगत दोदोधरा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम अन्तरगत दोदोधरा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

बर्दगोरिया । बैशाख १५ गते उद्घाटन भएको १५ सैया दोदोधरा अस्पतालमालाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले करिब १ करोड बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । नव निर्मित १५ शैया दोदोधरा अस्पताललाई आवश्यक स्वास्थ्य सामाग्री मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम अन्तरगत सहयोग गरेको गरिएको हो । दोदोधरा अस्पतालमा सेवा लिनेको चाप बढ्न थालेको कुरालाई मध्य नजर गर्दै थप सेवा प्रभावकारी बनाउने उद्देश्य अनुरुप आवश्यक ल्याब सामाग्री माग गरिएको थियो । पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले दोदोधरा अस्पताललाई थप प्रभावकारी बनाउन मुख्यमन्त्री संग अस्पताललाई आवश्यक पर्ने उपकरण ,औजार र औषधि माग गरे बमोजिम मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम अन्तरगत बिहिबार करिब १ करोड…
पुरा पढ्नुहाेस्
भैरवमाला राष्ट्रिय मा.वि. को शिक्षक अभिभावक संघगठनको अध्यक्षमा धौलाखर जैशी

भैरवमाला राष्ट्रिय मा.वि. को शिक्षक अभिभावक संघगठनको अध्यक्षमा धौलाखर जैशी

बर्दगोरिया। श्री भैरवमाला राष्ट्रिय माध्यमिक विद्यालय मोहन्याल ३ को शिक्षक अभिभावक संघ गठन गरिएको छ । सोमबार अभिभावक भेलाबाट विद्यालयको शिक्षक अभिभावक संघ गठन गरिएको हो । जसको अध्यक्षमा धौलाखर जैशी सर्वसम्मत चयन भएका हुन । जैशीको नेतृत्वमा रहेका ११ सदस्य पनि सर्वसम्मत चयन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र जैशीले जानकारी दिए ।
पुरा पढ्नुहाेस्

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ् । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
कैलालीको भजनीमा करेन्ट लागेर एक जनको मृत्यु

कैलालीको भजनीमा करेन्ट लागेर एक जनको मृत्यु

कैलाली । कैलालीको भजनी नगरपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा नगरपालिका-४ बिजुलीयाका ४० वर्षीय खुसीराम चौधरी रहेका छ्न । उनको करेन्ट लागेर शुक्रवार साँझ मृत्यु भएको हो। आफ्नै घरको पङ्खामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका चैधरीको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
पुरा पढ्नुहाेस्
एमाले सुप अधिवेशन; कैलाली जिल्ला भुगोल तर्फ बाट सदस्यमा कर्ण बहादुर कुँवर अत्याधिक मत ल्याउदै विजयी

एमाले सुप अधिवेशन; कैलाली जिल्ला भुगोल तर्फ बाट सदस्यमा कर्ण बहादुर कुँवर अत्याधिक मत ल्याउदै विजयी

बर्दगोरिया । नेकपा एमाले सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट कैलाली जिल्ला भुगोल तर्फ बाट सदस्यमा कर्ण बहादुर कुँवर अत्याधिक मत ल्याउदै विजयी भएका छन । असोज २१ गते बाट सुरु भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशनमा कैलाली जिल्ला भुगोल तर्फ बाट सदस्यमा कुँवर अत्याधिक मत ल्याउदै विजयी भएका हुन । अधिवेशन करिब ६ दिन पछि शुक्रबार सम्पन्न भएको छ । उद्घाटन सत्र पश्चात् बन्द सत्रमा सहमति जुट्न नसक्दा बिहिवार भएको मतदानको नतिजा शुक्रबार सार्बजनिक भएको हो । जसमा नेकपा एमाले सुदुरपश्चिम प्रदेश अध्यक्षमा  कृष्ण प्रसाद जैशि सर्वसम्मत निर्वाचित भएका थिए । यसै गरि उपाध्यक्षमा काली बहादुर शाही, सचीवमा रण बहादुर चन्द,…
पुरा पढ्नुहाेस्