श्री महुन्याल मा.वि.बास्कोटीमा अध्ययनरत दिपिका डगौराको सम्पूर्ण अध्ययन खर्च व्यहोर्दै; वडा अध्यक्ष शाही

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिक वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले श्री महुन्याल माध्यमिक विद्यालय बास्कोटीमा कक्षा १२ मा अध्ययनरत दिपिका डगौराको अभिभावक्तो लिएका छन ।

अध्यक्ष शाहीले डगौराको अभिभावक्तो ग्रहण गर्दै कक्षा १२ को अध्ययन का क्रममा विद्यालयमा लाग्ने सम्पूर्ण खर्च व्यहोरेका हुन ।
उनले आज विद्यालयमा स्वयं उपस्थित भइ डगौराको वर्ष भरी लाग्ने खर्च आफ्नो पारिश्रमिक मार्फत बुझाएका हुन ।


वडा अध्यक्ष शाहीले डगौराको पारिवारिक आर्थिक अवस्था कमजोर भइ आफ्नो अध्यनलाई रोक्नु पर्ने अवस्था सृजना भएपछि आफुले आफ्नो दायित्व सम्झेर उनको अध्यनलाई निरन्तरता दिन आफ्नो पारिश्रमिक मार्फत सहयोग गरेको बताए । उनले भने -“मैले सकेसम्म आफुले आफ्नो कार्यकाल रहेसम्म पालिका भित्रका असहाय, टुहुरा बालबालिका को उज्ज्वल भविष्यको लागि सक्ने जति आर्थिक, भौतिक तथा नैतिक रुपमा सहयोग गर्ने छु । मैले चुनावको समयमा पनि राज्यकोषबाट आउने कुनै पनि प्रकारको सेवा सुविधा लिने छैन र आएको सेवा सुविधा यहाँका असहाय, टुहुरा तथा गरिब निमुखा वर्गको सेवामा लगाउने छु, भनि आम जनसमुदाय गरेको वाचा अनुसार उक्त कार्य गरेको हु । “


शाहीले यस अघि पनि पालिकाका अन्य विद्यालयमा अध्यनरत विद्यार्थीहरुको वार्षिक शुल्क देखि स्टेसनरी, विद्यालय पोसाकको समेत व्यवस्था गरिदिएका छ्न ।

शाहीले डगौराको गतवर्ष कक्षा ११ को पनि सम्पूर्ण विद्यालयको शुल्क व्यहोरेका थिए।

यस्तै नौलो प्रेस सङ्ग कुरा गर्दै -“दिपिका डगौराको आफ्नो पारिवारिक अवस्था कमजोर भएका कारण अध्यन गर्ने इच्छा हुदाहुदै पनि आफ्नो अध्यनलाई रोक्नु पर्ने अवस्थामा वडा अध्यक्षले थप हौसला व्यक्त गर्दै आफ्नो अध्यनलाई निरन्तरता दिने कार्यमा अमुल्य सहयोग गरेको मा आफु निकै आभारी रहेको बताइन् । यहाँ केही व्यक्तिले भन्ने वेला सहयोगको नाम दिने गर्छन् तर उनीहरुको सहयोगमा केही न केही आफ्नो व्यक्तिगत स्वार्थ रहेको हुन्छ । तर वडा अध्यक्ष जगत बहादुर शाहीमा भने कुनै पनि प्रकारको आफ्नो व्यक्तिगत स्वार्थ नहहेको बताइन् ।”

यस्तो सोही क्रममा-” श्री महुन्याल माध्यमिक बिद्यालय बास्कोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्रा जैशीले आफ्नो विद्यालयमा कक्षा १२ मा अध्ययनरत दिपिका डगौराको अभिभावक्तो ग्रहण गरेकोमा निकै खुसी व्यक्त गरिन । आर्थिक अवस्था कमजोर भएका कारण कोही पनि शिक्षा प्राप्तिका लागि बन्चित नहुन भन्दै वडा अध्यक्ष शाहीले चालीको कदम प्रति धन्यवाद समेत व्यक्त गरी । यस्तै आफुहरुले पनि आफ्नो विद्यालयको तर्फबाट सहयोग गर्नै पर्ने विद्यार्थीहरुलाई सके जति सहयोग गर्दै आएको बताईन ।”

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार