मौसम क्रमशः रुपमा बाहिरीदै

काठमाडौँ । हाल देशबाट क्रममा रुपमा मौसम बाहिरी रहेको छ । जस अनुसार यस वर्षको मनसुन आइतबारदेखि दिन नेपालको कर्णाली प्रदेशको अधिकांश भू-भाग तथा लुम्बिनी प्रदेशको पश्चिम भू-भागबाट पनि बाहिरिएको छ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू-भागबाट भने मनसुन गत असोज १९ गते  नै बाहिरिएको थियो ।

हाल नेपालको पूर्वी तथा मध्य भागमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान
महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार