मुख्य समाचार

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा लागु गर्ने भएको छ । माध्यमिक तह कक्षा–१२ सम्म निःशुल्क अध्ययन सम्बन्धी कार्यविधि २०८३ गाउँकार्यपालिकाले वैशाख ८ गते स्वीकृत गरेको छ । जेठ १३ गते प्रमाणीकरण भएको कार्यविधिलाई जेठ २६ गते स्थानीय राजपत्रमा प्रकाशित भएको छ । आर्थिक अभावका कारण माध्यमिक तह कक्षा– १२ सम्म को शिक्षाबाट कुनै पनि विद्यार्थी वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले गाउँ सरकारले यस्तो नीति अघि सारेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताए । “शिक्षामा सबैको पहुँच सुनिश्चित गर्दै सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गरी समग्र शिक्षा क्षेत्रमा सुधार गर्न हामी गम्भीर भएर लागेका छौ । माध्यमिक…
पुरा पढ्नुहाेस्
बर्दगोरिया अध्यक्ष कर्ण कुँवर सम्मानित

बर्दगोरिया अध्यक्ष कर्ण कुँवर सम्मानित

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर सम्मानित भएका छन् । जोशिपुर गाउँपालिका-३ लक्कडमा जेठ १८ गतेबाट सुरु भएको भागवत सप्ताह महायज्ञमा शुक्रबार कुँवर दोसल्ला र सम्मानपत्र सहित सम्मानित भएका हुन । हरेक दिन फरक प्रमुख अतिथि हुने ब्यवस्था अनुरुप शुक्रवार कुँवर सप्ताहका प्रमुख अतिथि समेत हुन । उनले सप्ताहमा नगद ५१ हजार दान समेत गरेका छन् । अध्यक्ष कुँवरको उपस्थितले कार्यक्रमको गरिमा बढेको आयोजकले बताएका छन् । "हाम्रो आग्रहलाई स्वीकार गरि अध्यक्ष ज्यु कार्यक्रममा आउनु भयो । उहाँको आगमनले हामीलाई हौसला बढेको छ । उहाँबाट धेरै सहयोग हुने अपेक्षा राखेका छौ ।" आयोजक समितिका संयोजक रामकिसन कठरियाले…
पुरा पढ्नुहाेस्
नौ महिनापछि पक्राउ कारागारबाट फरार दुई कैदी

नौ महिनापछि पक्राउ कारागारबाट फरार दुई कैदी

कञ्चनपुर । कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय भुक्तान गरिरहेका दुवै जना २०८२ भदौ २४ गते कारागारबाट भागेका थिए ।   जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रसिंह थापाका अनुसार पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ बाणीका मदन चौधरी र कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरका अर्जुन खड्का रहेका छन् । उनका अनुसार चौधरी जबर्जस्ती करणी कसुर मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए ।   यस्तै खड्का लागुऔषध मुद्दामा पाँच वर्ष कैद तथा पाँच हजार जरिवाना सजाय तोकिएका व्यक्ति हुन् । कारागारबाट फरार भएपछि दुवै जनाको खोजीकार्य तीव्र बनाइएको थियो ।
पुरा पढ्नुहाेस्
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा हुनेछ वर्षा

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा हुनेछ वर्षा

काठमाडौं । देशभर हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ९ट्रफ० तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुनसक्ने छ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।   महाशाखाले आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भेगमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने जनाएको छ।…
पुरा पढ्नुहाेस्
आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। ‘समृद्ध भविष्यको आधार स् जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो।   दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ। विश्व वातावरण दिवसको मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।     वातावरण विभागले विभिन्न सरकारी निकाय, विकास साझेदार, वातावरणविद् तथा सरोकारवाला कार्यक्रममा उपस्थिति हुने जनाएको छ।   विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृतिमैत्री विकास प्रवर्द्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागिएको जानकारी दिए।…
पुरा पढ्नुहाेस्
खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, अनुसन्धान जारी

खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, अनुसन्धान जारी

भक्तपुर । भक्तपुरमा श्रीमानको खुकुरी प्रहारबाट एक महिलाको हत्या गरिएको छ । भक्तपुर नगरपालिका १० छालिङमा ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको गएराति हत्या भएको छ । सलिनाका श्रीमान ३८ वर्षीय विदुर विश्वकर्माले प्रहार गरेको खुकुरीबाट उनको ज्यान गएको हो । गएराति घरायसी विवादको क्रममा विदुरले सलिनामाथि खुकुरी प्रहार गरेको बताइन्छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार विदुर पक्राउ परिसकेको र खुकुरी प्रहारबाट आठ वर्षीय छोरो घाइते छन् । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहाेस्
श्री लालिगुँरास सामुदायिक वन उपभोक्ता समूहको ९ औँ वार्षिक साधारण सभा सम्पन्न

श्री लालिगुँरास सामुदायिक वन उपभोक्ता समूहको ९ औँ वार्षिक साधारण सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री लालिगुँरास सामुदायिक वन उपभोक्ता समूहको ९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   सामुदायिक वनका अध्यक्ष भीम बहादुर कुँवरको अध्यक्षतामा सोमबार भएको उक्त ९ औँ वार्षिक साधारण सभाका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नं। ३ का वडा अध्यक्ष मन ऋषि आचार्य हरेका थिए ।   कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले सामुदायिक वन समुदायको भएको हुँदा आम उपभोक्ताले प्रत्यक्ष रूपमा लाभ लिन सक्ने बताए । समुदायलाई वन बाट पाउने हरेक प्रकारका सेवा सुलभ रूपमा सम्पूर्ण उपभोक्ताले पाउँदै आएको बताउँदै कसैलाई काखा पाका गरेर विभेद नगर्न समेत अनुरोध…
पुरा पढ्नुहाेस्
लम्कीचुहा उद्योग वाणिज्य सङ्घको ८औँ वार्षिक साधारण सभा सम्पन्न; मतदान कार्य सुरु

लम्कीचुहा उद्योग वाणिज्य सङ्घको ८औँ वार्षिक साधारण सभा सम्पन्न; मतदान कार्य सुरु

लम्की । कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको लम्कीचुहा उद्योग वाणिज्य सङ्घको ८औँ वार्षिक साधारण शनिवार सभा सम्पन्न भएको छ । सङ्घका अध्यक्ष पदमराज चौलागाईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाकी उप–मेयर जुना चौधरी रहेकी थिइन भने विशिष्ट अतिथिमा उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुँवर रहेका थिए । यस्तै कार्यक्रममा लम्कीचुहा १ का अध्यक्ष नेत्र प्रसाद खनाल, २ का अध्यक्ष सन्तोष ओली, ३ का अध्यक्ष लवबहादुर शाही, उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमका उपनिर्देशक हरि पौडेल, टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा केन्द्रीय सदस्य सन्तोष खड्का, लम्कीचुहा उद्योग वाणिज्य सङ्घका संस्थापक उपाध्यक्ष रामबहादुर बोगटी लगायतको उपस्थिति रहेको थियो । सङ्घको यो चुनावी…
पुरा पढ्नुहाेस्
भोलि सार्वजिक विदा

भोलि सार्वजिक विदा

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा गंगा दशहराको अवसरमा भोलि स्थानीय बिदा दिइएको छ । हरेक वर्ष उपमहानगरपालिकाले उक्त दिन सार्वजनक बिदा दिँदै आएको छ । दशहरामा धनगढी उपमहानगरपालिका वडा नं. १६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा मेला लाग्ने भएका कारण उपमहानगरमा भोलि पनि बिदा दिइएको सूचनामार्फत जानकारी दिइएको छ । यस्तो भनिएको छ प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टद्वारा जारी सूचनामा ‘बेहडाबाबा क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्दै लैजाने उद्देश्य भएकोले यसको महत्वलाई समेत दृष्टिगत गरी उक्त पर्व मनाउन हरेक वर्ष गंगा दशहरामा एकदिन धनगढी उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरु एवम् संघ संस्थाहरुलाई स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएकोले…
पुरा पढ्नुहाेस्
धनगढीको तापक्रम ४१ डिग्री पुग्ने, अन्य ठाउँको माैसम कस्तो रहला ?

धनगढीको तापक्रम ४१ डिग्री पुग्ने, अन्य ठाउँको माैसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरण अनुसार सोमबार देशका विभिन्न भागमा मौसमको दुई फरक रूप देखिने भएको छ। एकातिर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ‘तातो लहर’ चल्ने सम्भावना छ भने अर्कोतिर देशका धेरैजसो पहाडी, मध्य र पूर्वी भेगमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।   दिउँसोको समयमा विशेषगरी पश्चिमी तराईका जिल्लाहरू अत्यधिक गर्मीको चपेटामा पर्नेछन्। दिपायल, धनगढी र नेपालगञ्जमा दिउँसो ‘तातो हावाको लहर’ चल्ने मौसम पूर्वानुमान छ। यी सहरहरूको अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ, जसमध्ये धनगढी र नेपालगञ्जको तापक्रम सबैभन्दा बढी ४१ डिग्री सेल्सियससम्म पुग्न सक्नेछ।   त्यसैगरी, वीरेन्द्रनगर, घोराही र…
पुरा पढ्नुहाेस्