बौनिया जेसीज द्वारा रक्तदान कार्यक्रम सम्पन्न

बर्दगोरिया । विश्व रक्तदाता दिवसको अवसरमा बौनिया जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

 

नेपाल जेसीजको प्रोजेक्ट संकल्प अनुसार समाजमा रगत अभावका कारण हुने समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय युवा, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि बौनिया जेसीजका संस्थापक अध्यक्ष लिला जंग शाही रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन प्रमुख अतिथि शाहीले रक्तदान जीवनदान भएकाले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए। टीकापुर जेसीजको मातृत्वमा सन् २०११ मा स्थापना भएको यस जेसीजले २०११ देखि २०२६ सम्म पुग्दै गर्दा रक्तदान लगायत विभिन्न सामाजिक कार्यहरू साफतापूर्वक सम्पन्न गर्दै आएको मा धन्यावाद व्यक्त गर्दै यस्ता कार्यक्रमहरू नियमित रूपमा गर्न समेत आग्रह गरे ।

कार्यक्रममा सहभागी रक्तदाताहरूलाई सम्मान स्वरूप प्रमाणपत्र समेत प्रदान गरिएको थियो।

बौनिया जेसीजका अध्यक्ष भिम बहादुर विक ले रक्तदानजस्तो मानवीय कार्यमा सहयोग गर्ने सम्पूर्ण रक्तदाता, सहयोगी संस्था, स्वयंसेवक तथा सहभागीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने बताए।

कार्यक्रमले समुदायमा रक्तदानप्रति सकारात्मक सन्देश प्रवाह गर्नुका साथै आवश्यक समयमा रगतको उपलब्धता सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

रक्तदान कार्यक्रममा २६ पिन्ट रगत सङ्कलन भएको थियो।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार