कैलाली । बालविवाह, छुवाछूत तथा सामाजिक विभेद न्यूनीकरण गर्ने उद्देश्यले मोहन्याल गाउँपालिका वडा नम्बर १ को चायाभावरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
समृद्ध नेपाल ट्रेनिङ सेन्टरका संयोजक कृष्ण प्रसाद ओझाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि मोहन्याल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष प्रेम बुढा रहनु भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाले समाजमा विद्यमान कुप्रथा र विभेद अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बालविवाह, छुवाछूत तथा विभेदसम्बन्धी विषयमा अधिवक्ता द्वय गणेश कडायत र रोहित देउवाले सहजीकरण गर्नुभएको थियो । उनीहरूले कानुनी व्यवस्था, सामाजिक असर र न्यूनीकरणका उपायबारे सहभागीलाई जानकारी गराउनुभएको थियो ।
उक्त कार्यक्रममा स्थानीय आमा समूह, बालबालिका तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले समाजमा जागरण ल्याउने र कुप्रथाविरुद्ध एकजुट हुन प्रेरणा मिल्ने बताएका छन् ।
कार्यक्रमले बालविवाह, छुवाछूत तथा विभेद अन्त्यका लागि स्थानीय तहमा जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको स्थानीयले बताएका छन् ।














