बर्दगोरिया-५ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी जग्गाको निस्सा वितरण कार्य सम्पन्न
२६, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा जग्गाको निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग संग भएको सम्झौता बमोजिम गाउँपालिकाले वडा नम्बर ५ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी लाई जग्गाको निस्सा वितरण गरिएको हो । आइतबार आज वडा नम्बर ५ स्थित कोईलीभुरुवामा एक कार्यक्रमका बिच पालिकाको निर्देश अनुसार वडाले वडाक भूमिहीन दलित, भुमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको हो । कार्यक्रम बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरीको प्रमुख आतिथ्यमा निस्सा वितरण गरिएको हो । निस्सा वितरण गर्दै उपाध्यक्ष गिरीले आफुहरुले निर्वाचनका बेला जनतामाझ गरेको बाचा पूरा हुँदै गएको बताए । आफुहरुले गरेका विभिन्न वाचाहरु…

















