सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको बिषय चाँडै टुंगो लाग्छ; अध्यक्ष प्रचण्ड
२१, भाद्र २०७९ कैलाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको बिषय चाँडै टुंगो लाग्ने बताएका छन् । सुदूरपश्चिम प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्न धनगढी पुग्न भएका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल कैलालीले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा साे कुरा बताएका हुन् । मंगलबार साँझसम्म कार्यदल स्तरबाट सहमतिको प्रयास भइरहेको र बुधबार शीर्ष नेताहरूको बैठकबाट सिट बाँडफाँडको बिषय टुंगो लाग्ने उनकाे तर्क छ । त्यस्तै, प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल मनोनयनको अघिल्लो दिनसम्म रहने कुरामा सरकार र सत्तारुढ गठबन्धन स्पष्ट रहेको दाहालको भनाइ थियो । प्रतिनिधिसभामा संसद्को कार्यकाल लम्ब्याउने व्यवस्थासहितको कानुन संशोधन विधेयक…