कैलालीमा विश्व आत्महत्या रोकथाम दिवस मनाइयो

२५ भाद्र २०७९ मसुरिया (कैलाली) । विश्व आत्महत्या रोकथाम दिवस कैलालीको गौरीगंगामा मनाईएको छ । “आशा जगाऔं, जीवन बचाऔं” भन्ने मुल नाराका मसुरिया बजारमा प्रभातफेरी रियाली सहित अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।

टि.पी.ओ. नेपालका कैलाली जिल्ला मनोपरामर्श दाता दिनेश भट्टराईले सहजिकरण गरेको कार्यक्रममा पहिलो संविधान सभा सदस्य कृष्ण कुमार चौधरीले सम्बोधन गरेका थिए । जुनसुकै उमेर समुहका मानिसहरुले आत्महत्या गर्ने हुँदा घर परिवार समाजमा कमजोर मनस्थिति बनाउने व्यक्तिको उपचारमा प्रोत्साहन गर्नुपर्ने चौधरीले बताएका छन् ।

घर परिवार साथीभाइ सकारात्मक सोचका साथ जिवन उपयोगी सिप विकास गरेर सहयोगात्मक सम्बन्ध बनाएमा सहि परामर्श र उपचारले आत्महत्याबाट मृत्यु हुने जोखिम कम गर्न सकिने कार्यक्रमका सहभागीहरुले बताएका थिए ।

मसुरिया स्वास्थ्य चौकीको समन्वयमा टिपिओ नेपालको आयोजनामा गरिएको कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियोे ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार