बर्दगोरिया-५ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी जग्गाको निस्सा वितरण  कार्य सम्पन्न

२६, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा जग्गाको निस्सा वितरण गरिएको छ ।

राष्ट्रिय भूमि आयोग संग भएको सम्झौता बमोजिम गाउँपालिकाले वडा नम्बर ५ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी लाई जग्गाको निस्सा वितरण गरिएको हो ।

आइतबार आज वडा नम्बर ५ स्थित कोईलीभुरुवामा एक कार्यक्रमका बिच पालिकाको निर्देश अनुसार वडाले वडाक भूमिहीन दलित, भुमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको हो ।

कार्यक्रम बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरीको प्रमुख आतिथ्यमा निस्सा वितरण गरिएको हो । निस्सा वितरण गर्दै उपाध्यक्ष गिरीले आफुहरुले निर्वाचनका बेला जनतामाझ गरेको बाचा पूरा हुँदै गएको बताए । आफुहरुले गरेका विभिन्न वाचाहरु मध्य जग्गाको लालपुर्जा दिने कार्य अगाडि बढेको बताए । उपाध्यक्ष गिरीले ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन स्थानीयवासीहरु जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु भएको बताए । आफुले निर्वाचनका बेला जनता माझ गरेको वाचा अनुसार स्थानीय नागरिक लाई पहिलो चरणमा जग्गाको निस्सा बितरण कार्य अगाडि बढाएको बताए ।

उनले जग्गा जोत, उपभोग गरिरहेका प्रमाण गाउँपालिकाले दिएको बताए । ‘यो जग्गाको लालपूर्जा होइन’, निस्सा वितरण गर्दै उनले भने । ‘तपाईहरुले कति ऐलानी, पर्ती जग्गा उपभोग गरिरहनु भएको छ, त्यसको प्रमाण तपाईहरुलाई दिएका हौं ।’ जग्गाको नाप, नक्सा अब यहि निस्साको आधारमा हुने उपाध्यक्ष गिरीले बताए ।

उनले जग्गा सम्बन्धी सबै विवाद समाधान होस भनेर गाउँपालिकाले निस्सा दिएको बताए । बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ बाट उक्त निस्सा बितरण कार्य सुरु भएको थियो।

निस्सा पाएपछि स्थानीय खुशी भएका छन् । आफूले बर्षौ देखि जग्गा उपभोक गर्दै आएको भए पनि आफुहरु कहिलै जग्गाको मालिक हुन नसकेको बताए । अब यो सरकारले आफुहरुलाई जग्गा धनी पुर्जा दिई आफुहरुलाई जग्गाको धनी बनाउने भएको हुदा आफूहरु निकै नै खुसी भएको स्थानीयले बताए । साथै स्थानीयले पलिका अध्यक्ष, उपाध्यक्ष लगातको टिमलाई धन्यवाद समेत व्यक्त गरेक छन ।

गाउँपालिकाका अध्यक्ष ,उपाध्यक्ष वडा कार्यालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

वडा नम्बर ५ का वडा अध्यक्ष भोले राम चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष चौधरीले यो निस्सा लाई सुरक्षित तरिकाले राख्न अनुरोध गरे । यो कार्यमा पालिकाको समग्र टिम निरन्तर रुपमा लागेको बताए । यति मात्र नभई पालिकाको टोलिले पालिकाका मुख्री समस्याका रुपमा रहेको शिक्षा, स्वास्थ्य, खानेपानी, जग्गा धनी पुर्जा बितरण कार्यलाई निरन्तरता दिएको बताए ।

कार्यक्रमको सञ्चालन वडा नम्बर ५ का वडा सचीव शेर बहादुर बडायकले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार