बर्दगोरियामा कक्षा ८ मा उत्कृष्ट (जिएपिए) ल्याउने विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार वितरण

२३, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिकाले आधारभुत कक्षा ८ को परिक्षामा उत्कृष्ट (जिएपिए) नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार वितरण गरेको छ । शैक्षिक सत्र २०७८ को परिक्षामा आधारभुत कक्षा ८ को परिक्षामा उत्कृष्ट (जिएपिए) नतिजा ल्याउन सफल यहाँका ८ ओटा सामुदायिक विद्यालयका २४ जना छात्रछात्रालाई छात्रवृत्ति पुरस्कार प्रदान गरेको हो ।

बर्दगोरिया गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहिवार एक कार्यक्रमका बिच प्रत्येक ८ ओटा सामुदायिक विद्यालयबाट प्रति विद्यालयबाट ३/३ जना गरि २४ विद्याथीलाई सो पुरस्कार प्रदान गरिएको हो । पालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति पालिका अध्यक्ष कर्ण बहादुर कुवर रहेका थिए ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्टले विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिका भरिका उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको जानकारी दिइन । वार्षिक परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई ‘जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रमअन्तर्गत विगत ३ वर्षदेखि यो कार्यक्रम गर्दै आएको र सोहीअनुसार उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई शैक्षिक मुल्यांकनको आधारमा छात्रवृत्ति पुरस्कार वितरण गरिएको उनले बताइन ।

कार्यक्रममा आधारभुत तह कक्षा ८ को परिक्षामा उत्कृष्ट जिपिए ल्याउने श्री महुन्याल मावि बास्कोटीका शिशिर रावल, सन्ध्या चौधरी ,संगिता सुनार ,श्री मावि कोटातुल्सीपुरका रितु जोशी, माया विक, सलिना कठरिया, श्री बालकन्या मावि कट्टीपुरका प्रेङ्का कुमारी शाही, दिलिप विक र तुल्क्षा शाही रहेका छ्न ।

यसैगरी श्री कालिका मावि नौनियाका मनोज हमाल, महेश साउद, सुशील बुढा, श्री जगदम्विके मावि रानिकुण्डाका निर्मला जैशी, नमराज देवकोटा ,दिनेश जैशी र श्री वसन्त मुरारी मावि बौनियाका नरेन्द्र विक, आयन डगौरा ,प्रकाश जैशी, श्री जनता आधारभुत मावि कोइली भुरुवाका विपना कुमारी डगौरा, विना कुमारी डगौरा ,तपश कठरिया र श्री नारायण आधारभुत आवासीय विद्यालय बेलुवाका सीमा कार्की, रोशनी कुमारी चौधरी र मदन कार्कीलाई छात्रवृत्ति पुरस्कार प्रदान गरिएको हो ।

पुुुरस्कृत विद्यार्थीलाई गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर र प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीले साइकल ,डट्पेन, कापी वितरण गरेका हुन्। सो क्रममा गाउँपालिका अध्यक्ष कुवरले पालिकामा रहेका सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधार क्रमिक रूपमा गर्दै जाने र आर्थिक अवस्था कमजोर भएका तथा विद्यालयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई प्रोत्साहित गर्दै नियमित विद्यालय आउने वातावरण निर्माणका लागि गाउँपालिकाले छात्रवृत्ति वितरण लगाएतका कार्यक्रम गर्दै जाने बताए ।

कार्यक्रमको संचालन बर्दगोरिया गाउँपालिका शिक्षा शाखाका निरिकलाल कर्णले गरेका थिए । 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार