ब्रेकिङ न्युज

Featured posts

कैलालीमा टिप्परले अटोलाई ठक्कर दिदा २ जना घाईते, १ को अवस्था गम्भीर

कैलालीमा टिप्परले अटोलाई ठक्कर दिदा २ जना घाईते, १ को अवस्था गम्भीर

कैलाली । कैलालीको गोदावरी नगरपालिका–७ हरैयामा टिप्परले अटोलाई ठक्कर दिदा २ जना घाईते भएका छन । पुर्ब पश्चिम राजमार्गमा भएको दुर्घटनामा घाइते हुनेमा अटोमा सवार स्थानीय अन्दाजी २९ वर्षीय पिन्ती ठकुल्ला र ३ वर्षीय बालक भरत ठकुल्ला रहेको प्रहरीले जनाएको छ । घाइते बालकको अवस्था गम्भीर रहेको र उनको उपचारको लागि धनगढी पठाईएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ठक्कर दिने टिप्पर भने फरार भएको प्रहरीले जनाएको छ। अहिले प्रहरी घटनास्थलमा रहेको र बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान

कस्तो रहला आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल नेपालमा न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली  रहेको छ । यस्तै आज दिउँसो प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। राती प्रदेश १ को  उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। वर्षा र हिमपातको सम्भावना रहेका पहाडी क्षेत्र तथा तराईमा हुस्सु लाग्ने  हुँदा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा ‘‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन ’’ सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दगोरियामा ‘‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन ’’ सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा  ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन ’ विषयक पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कंचनपुरको आयोजनमा पालिकाको वडा नम्बर १ मा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा अधिकृत नारायण प्रसाद ढकालले "भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन " विषयक सम्बन्धि प्रशिक्षण गराएका थिए । अख्तियार आयोगको काम, कर्तव्य र अधिकारसँगै पालिकालाई भ्रष्टाचार मुक्त पालिका बनाउन पालिकाले कस्तो भुमिका खेल्ने ? भ्रष्टाचार गरेमा कानुनी प्रावधान कस्तो रहेको छ ? भन्ने विषयमा प्रष्ट जानकारी दिएका हुन । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन गर्ने कार्यक्रममा सहभागी पालिकाका…
पुरा पढ्नुहाेस्
मेरो माइक्रोफाईनान्स दोधारा कञ्चनपुर शाखाद्धारा शैक्षिक सामाग्री बितरण

मेरो माइक्रोफाईनान्स दोधारा कञ्चनपुर शाखाद्धारा शैक्षिक सामाग्री बितरण

कैलाली । मेरो माइक्रोफानान्स लघुबित्त बित्तिय संस्था शाखा कार्यालय कञ्चनपुरले शैक्षिक सामाग्री बितरण गरेको छ । आइतवार एक कार्यक्रमका बिच कञ्चनपुरको दोधारा चादनी नगरपालिका वडा न ४ पिपल चौतारामा रहेको मालिका आधारभुत बिद्यालयका ७२ जना बिद्यार्थीहरुलाई संस्थाको दोधारा शाखा कार्यालयले शैक्षिक सामाग्री बितरण गरेको हो । (more…)
पुरा पढ्नुहाेस्
श्री जनता आधारभूत बिद्यालयको शिक्षक अभिभावक सङ्गको अध्यक्षमा शाही

श्री जनता आधारभूत बिद्यालयको शिक्षक अभिभावक सङ्गको अध्यक्षमा शाही

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री जनता आधारभूत बिद्यालयको शिक्षक अभिभावक सङ्गको अध्यक्षमा धिरज शाही निर्वाचित भएका हुन । आइतबार बिधालय व्यवस्थापन समितीका अध्यक्ष राजाराम चौधरीको सभापतित्वमा भएको आम सभाबाट शाही निर्विरोध शिक्षक अभिभावक संघ को अध्यक्षमा चयन भएका हुन । यस्तै सदस्यमा मिठिला कुमारी बडायक, श्याम कुमारी कठरिया, निर्मला कठरिया, आरजु कठरिया, रामु डगौरा थारु, पुष्पा चौधरी, अतरोनि डगौरा, बुहारी लाल कठरिया रहेका छन । यस्तै शिक्षक प्रतिनिधि तर्फ रामकृष्ण चौधरी र बिधालयका प्रधानाध्यापक राम चन्द्र कुश्मी गरि ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर…
पुरा पढ्नुहाेस्
पेट्रोलियम पदार्थको मूल्य घट्यो; प्रतिलिटर कति?

पेट्रोलियम पदार्थको मूल्य घट्यो; प्रतिलिटर कति?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । यस्तै एलपी ग्यास र हवाइ इन्धको  मूल्य भने हाललाई यथावत् राखिएको छ । निगमका अनुसार अब प्रतिलिटर पेट्रोलको मूल्य १७८ र  डिजेल तथा मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ ।  भारतीय आयल कर्पोरेशनबाट शुक्रबार मूल्य घटेर आएसँगै निगमले पनि घटाएको हो ।
पुरा पढ्नुहाेस्
अध्यादेश पारितको माग गर्दै नागरिक उन्मुक्ति पार्टीद्वरा बौनियामा बिरोध प्रदर्शन

अध्यादेश पारितको माग गर्दै नागरिक उन्मुक्ति पार्टीद्वरा बौनियामा बिरोध प्रदर्शन

बर्दगोरिया । नागरिक उन्मुक्ति पार्टीले नेपाल सरकारले जारी गरेको अध्यादेश पारितको माग गर्दै बौनियामा बिरोध प्रदर्शन गरेको छ । टिकापुर घटनाका दोषी भनिएका रेशम चौधरी सहित अन्य राजबन्दिहरुलाई रिहाई गर्न नेपाल सरकारले अध्यादेश जारी गरेको थियो । नेपाल सरकारले ल्याएको अध्यादेशले विभिन्न मुद्दामा दोषी ठहरिएका अहिले जेल जीवन बिताईरहेका व्यक्तिलाई आम माफी दिन ल्याईएको भन्दै कतै बिरोध समेत भइ रहेको छ । तर नागरिक उन्मुक्ति पार्टीले यसको स्वागत गर्दै तत्काल पारित नभए गर्दै संघर्षका कार्यक्रम गर्ने जनाएको छ । नेपाल सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणका लागि रास्ट्रपति समक्ष पेश गरिएको छ । शुक्रबार नागरिक उन्मुक्तिले बौनिया बजारमा समेत नाराबाजी गर्दै र्‍याली…
पुरा पढ्नुहाेस्
जेसिज सप्ताह : वक्तृत्वकला प्रतियोगितामा बालकन्या मा वि कि सपना बुढा प्रथम

जेसिज सप्ताह : वक्तृत्वकला प्रतियोगितामा बालकन्या मा वि कि सपना बुढा प्रथम

बर्दगोरिया । बौनिया जेसिजको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । बौनिया जेसिजको नारा "समृद्धि र बिकासक लागी युवा" भन्ने बिषयमा मा वि बिधालय स्तरीय बक्तृत्वकला प्रतियोगिता भएको हो । बौनिया जेसिज बर्ष २०२२ सप्ताह कार्यक्रम अन्तर्गत बक्तृत्वकला सम्पन्न गरेको हो । बक्तृत्वकलामा बालकन्या माध्यामिक बिधालयकि सपना बुढाले प्रथम स्थान हासिल गर्दा महुन्याल मा वि बास्कोटिकी उर्मिला देवकोटा द्दितिय स्थान हासिल गर्न सफल भईन । यसै गरि तृतीय स्थान कालिका मा वि नौनियाकी पुर्णकला जैशी भईन । बिहीवार बाट सुरु भएको जेसिज सप्ताह कार्यक्रम अन्तरगत शुक्रबार बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । कार्यक्रम बर्ष २०२२ का कानुनी…
पुरा पढ्नुहाेस्
बौनिया जेसिजले गर्‍यो पुरस्कर बितरण गर्दै सप्ताह कार्यक्रम सम्पन्न

बौनिया जेसिजले गर्‍यो पुरस्कर बितरण गर्दै सप्ताह कार्यक्रम सम्पन्न

बर्दगोरिया । बौनिया जेसिजको सप्ताह कार्यक्रम आज शुक्रबार सम्पन्न भएको छ । मंसिर २२ गते देखि शुरु भएको जेसिज सप्ताह आज पुरस्कार बितरण गर्दै सम्पन्न भएको हो । सात दिन सम्म सञ्चालन गरीएका बिभिन्न कार्यक्रमहरु उत्साह पुर्बक सम्पन्न गर्दै बौनिया जेसिजले आज एक कार्यक्रमका बीच सप्ताहब्यापि कार्यक्रम विधिवत रुपमा समापन गरेको हो । बौनिया जेसिज वर्ष २०२२ का अध्यक्ष कृष्ण प्रसाद ओझाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बौनिया जेसिजका संस्थापक अध्यक्ष लिलाराज शाही रहेका थिए । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष लिलाराज शाहीले जेसिज भनेको नेतृत्व गर्ने स्थानमा नभई नेतृत्व गर्ने व्यक्तिको जन्म गर्ने संस्था रहेको बताए ।…
पुरा पढ्नुहाेस्
श्री महुन्याल मा.वि.को १२ कोठे भवनको शिलान्यास, (फोटोफिचर)

श्री महुन्याल मा.वि.को १२ कोठे भवनको शिलान्यास, (फोटोफिचर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री महुन्याल मा.वि को १२ कोठे भवनको शिलान्यास गरिएको छ । बिहिवार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले उक्त १२ कोठे बिधालयको भवनको शिलान्यास गरेका हुन । राष्ट्रिय योजना आयोगको करिब डेढ करोड लागत उक्त भवन बन्न लागेको बिधालय व्यवस्थापन समितिका अध्यक्ष धोज बहादुर सुनारले जानकारी दिए ।  अध्यक्ष सुनारका अनुसार उक्त भवन निर्माणको ठेक्का एल.डि.थ्री फिचर प्राइभेट लिमिटेडले पाएको छ । उक्त भवन २०८० साल असार मसान्तसम्म निर्माण कार्य सम्मान हुने गरि ठेक्का भएको उनले बताए । उक्त १२ कोठे भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष कुवरले विद्यालयको बृद्धि विकास र…
पुरा पढ्नुहाेस्