बर्दगोरियामा ‘‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन ’’ सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा  ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन ’ विषयक पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कंचनपुरको आयोजनमा पालिकाको वडा नम्बर १ मा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा अधिकृत नारायण प्रसाद ढकालले “भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन ” विषयक सम्बन्धि प्रशिक्षण गराएका थिए ।

अख्तियार आयोगको काम, कर्तव्य र अधिकारसँगै पालिकालाई भ्रष्टाचार मुक्त पालिका बनाउन पालिकाले कस्तो भुमिका खेल्ने ? भ्रष्टाचार गरेमा कानुनी प्रावधान कस्तो रहेको छ ? भन्ने विषयमा प्रष्ट जानकारी दिएका हुन ।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन गर्ने कार्यक्रममा सहभागी पालिकाका जनप्रतिनिधि, सरकारी कर्मचारी, विभिन्न संघसंस्थाका कर्मचारीहरूले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुझावसमेत दिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कंचनपुरका अनुसार बर्दगोरियाको हकमा चालु आर्थिक वर्षको मंसिर महिना सम्म कुनै उजुरी दर्ता भएको छैन भने गत आर्थिक वर्षको हकमा १ वटा उजुरी मात्र दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कंचनपुरका कार्यालय प्रमुख राम बहादुर कुरुम्बाङ को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार