कैलालीमा टिप्परले अटोलाई ठक्कर दिदा २ जना घाईते, १ को अवस्था गम्भीर

कैलाली । कैलालीको गोदावरी नगरपालिका–७ हरैयामा टिप्परले अटोलाई ठक्कर दिदा २ जना घाईते भएका छन ।

पुर्ब पश्चिम राजमार्गमा भएको दुर्घटनामा घाइते हुनेमा अटोमा सवार स्थानीय अन्दाजी २९ वर्षीय पिन्ती ठकुल्ला र ३ वर्षीय बालक भरत ठकुल्ला रहेको प्रहरीले जनाएको छ ।

घाइते बालकको अवस्था गम्भीर रहेको र उनको उपचारको लागि धनगढी पठाईएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ठक्कर दिने टिप्पर भने फरार भएको प्रहरीले जनाएको छ। अहिले प्रहरी घटनास्थलमा रहेको र बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार