बर्दगोरिया-४ मा प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
मुडा,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । वडा अध्यक्ष जगत बहादुर शाहीको सभाध्यक्षतामा भएको कार्यक्रममा चालू आर्थिक वर्ष २०७९/८० को प्रथम चौमासिक प्रगति विवरणको समिक्षा तथा बिनियोजित योजना र कार्यक्रमको सार्वजनिकरण गरिएको हो । कार्यक्रममा चालू आर्थिक वर्षमा वडाभित्र संचालित र निर्माणाधीन योजनाको बारेमा जानकारी गराइनुका साथै विनियोजित वार्षिक कार्यक्रम र योजनाको बारेमा स्थानीय नागरिकलाई जानकारी गराइएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि ,भल्मन्सा, समाजसेवी, बुद्धिजीवी ,शिक्षक ,महिला स्वास्थ्य स्वयंसेविका र स्थानीयको सहभागिता रहेको थियोे । स्थानीय जनताले आफ्नो वडमा भएका र हुने गरेका विकास निर्माणका योजना…
















