पुस २७ गतेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख जाेशीको आह्वान

२० पुस, कैलाली । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख देवराज जाेशीले आह्वान गरेका छन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई पुस २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख जाेशीले आह्वान गरेका छन् ।

प्रदेश प्रमुखकाे कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले प्रदेश प्रमुख जाेशीले संविधानकाे धारा १६८ काे उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेकाे जानकारी दिए । दाबी पेश गर्न २७ पुस साँझ ५ बजेसम्म समय दिइएकाे ढुंगानाले बताए ।

संविधानकाे धारा १६८ काे उपधारा (१) बमोजिम सरकार बनाउन कुनै पनि दलकाे बहुमत नपुग्ने भएकाले धारा (२) अनुसार दुई वा दुई भन्दा बढि दलकाे समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् ।

त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासकाे मत प्राप्त गर्नुपर्ने हुन्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाकाे समर्थन चाहिन्छ । यहाँ १९ सिटसहित नेपाली कांग्रेस सबभन्दा ठूलाे पार्टी बनेकाे छ । माओवादी केन्द्रकाे ११ , नेकपा एमालेकाे १०, नागरिक उन्मुक्तिकाे ७, नेकपा एसकाे ४ , राप्रपा १ र एकजना स्वतन्त्र सांसद छन् ।

संघीय सरकारमा जस्तै सुदूरपश्चिममा एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीलाई सरकार बनाउन बहुमत पुग्ने देखिएकाे छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार