बर्दगोरिया र मोहन्याल गाउँपालिकाबिच सीमा निर्धारणका लागि महत्त्वपूर्ण सामझधारी

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका र मोहन्याल गाउँपालिकाबिच सीमा निर्धारणका लागि महत्त्वपूर्ण सामझधारी भएको छ ।

बुधबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की ,मोहन्याल गाउँपालिका कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष कमल साउद, बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम ,वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,मोहन्याल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष प्रेम बुढा, वडा नम्बर ३ का अध्यक्ष नवीन गिरिसहित बर्दगोरियाका इन्जिनियर टंक राज ओझा,सब ईन्जिनियर सुनिल जोशी, असिस्टेन्ट सब इन्जिनियर अभिषेक रिमाल , अमिन पदम भण्डारी , ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक महेश बिक्रम शाही, रोजगार संयोजक भुमी प्रसाद शर्मा लगाएत पत्रकारको टोलिबीच सीमा क्षेत्र निर्धारणका विषयमा समझदारी भएको हो ।

पछिल्लो समय बर्दगोरिया र मोहन्याल गाउँपालिका क्षेत्रमा नदिजन्य बस्तुको रोयल्टी संकलनका विषयमा सिर्जना भएको विवाद समाधानका लागि दुबै पालिकाका प्रमुख व्यक्तिहरुले संयुक्त अनुगमन गरि विवाद समाधानको महत्त्वपूर्ण समझदारी गरेका हुन । जसअनुसार अबदेखि दुबै पालिकाले आईई र ठेक्का सम्झौता भएका खोलाबाट मात्रै नदिजन्य बस्तुको रोयल्टी संकल्न गर्ने सहमति भएको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताए । उनका अनुसार अब मोहन्याल गाउँपालिकाले आईइ भएको स्थान माथिबाट र बर्दगोरियाले तल्लो आफ्नो क्षेत्रबाट मात्रै यसको रोयल्टी संकल्न गर्नेछ्न ।

मोहन्याल गाउपालिकाको रोयल्टी संकलन गर्न ठेक्का पाएको कम्पनीले सम्बन्धित पालिका अथवा सम्बन्धित क्षेत्रमा बसेर मात्र संकलन गर्नुपर्ने समेत टोलिमा सहमति भएको छ । सहमति अनुसार अब बर्दगोरिया संग सीमा जोडिएको र ठेक्का सम्झौता भएको मोहन्याल ३ स्थित भैसिमारहाल्ने खोला अन्तर्गत मोहन्याल ३ मा पर्ने माथिल्लो क्षेत्रबाट मात्रै ठेक्का सम्झौता पाएको कम्पनीले नदिजन्य बस्तुको रोयल्टी संकल्न गर्न पाउनेछ भने ठेक्का सम्झौता नभएको मोहन्याल १ अन्तर्गत पर्ने खण्डेखोला क्षेत्रबाट भने रोयल्टी संकल्न गर्न पाउनेछैन ।

सीमा क्षेत्र निर्धारणका लागि भने आईई भएका खोला क्षेत्रलाई आधार मानी सीमा कायम गर्ने सहमति भएको मोहन्याल गाउँपालिका कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष कमल साउदले बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार