राप्रपाले भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्दैछ। नक्कली भुटानी शरणार्थी लगायतका प्रकरणमा ठूला ओहोदामा बसेकाहरू नै संलग्न देखिएको र भ्रष्टाचार न्यूनीकरणमा राज्य उदासीन भएको भन्दै प्रदर्शन गर्न लागेको राप्रपाले बताएको छ।

उक्त विरोध प्रदर्शन दिउँसो १ बजे हनुमानढोका दरबार क्षेत्रमा आयोजना गरिएको बताइएको छ ।

पार्टीको केन्द्रीय कार्य समितिको निर्णय अनुरुप आफुहरुले ‘भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्न पागेको एक नेताले बताए हुन । उक्त विरोध प्रदर्शनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

राप्रपाको केन्द्रीय कार्य समितिको बैठक जेठ १, २ र ३ गते बसेको थियो। बैठकले नक्कली शरणार्थी प्रकरणलाई राज्य द्रोहको अपराध भएको निष्कर्ष निकालेको थियो।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार