ब्रेकिङ न्युज

Featured posts

आदर्श सामुदायिक बिध्या मन्दिरमा युवा रेडक्रस सर्कल गठन

आदर्श सामुदायिक बिध्या मन्दिरमा युवा रेडक्रस सर्कल गठन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा अवस्थित आदर्श सामुदायिक बिध्या मन्दिरमा युवा रेडक्रस सर्कल गठन गरिएको छ । विद्यार्थीहरुलाई पढाई सङ्गै मानव सेवामा समेत प्रेरित गर्ने उद्देश्यका साथ उक्त युवा रेडक्रस सर्कल गठन गरिएको बिधालयका प्रीन्सिपल बिकास थापाले बताए । बालबालिका हरु बिधालयको समय भन्दा अन्य समयमा नकारात्मक कार्यमा संलग्न नहुन र उक्त समय मानव सेवा खर्च गरुन भन्दै समिति गठन गरेको बताए । जसको अध्यक्षमा स्मारिका चौधरी, उपाध्यक्षमा किरण रोकाय, सचिवमा स्मृति देबकोटा, कोषाध्यक्षमा न्युजन साउद, उपसचिवमा भुपिन पौडेल, उपकोषाध्यक्षमा रेनुका जैशी गरि ११ सदस्यीय कमिटी गठन गरिएको छ । यस्तै युवा सर्कलका संरक्षक बिध्यालयका प्रीन्सिपल…
पुरा पढ्नुहाेस्

दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा घाइते भएका ठगुन्नाको उपचारका क्रममा मृत्यु

कैलाली । दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीया अमरसिंह ठगुन्ना रहेका छन । बुधवार बिहान चिया पकाउने क्रममा ग्यास लिक हुँदा उनी जलेर घाइते भएका थिए। घाइते भएका उनलाई उपचारका लागि स्थानीयको सहयोगमा गोकुलेश्वर अस्पताल लगिएको थियो। गोकुलेश्वरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लैजाने भनीएपनी नेपालगंज लगिएको थियो। उनको नेपालगंजमा उपचारकाक्रममा मृत्यु भएको हो।
पुरा पढ्नुहाेस्

अनुमति पाएको बर्दगोरिया बहुमुखी क्याम्पसको डिन कार्यालयको टोलिद्वरा स्थलगत अवलोकन

बर्दगोरिया । कैलालीको बर्दगोरियामा संचालन हुन लागेको बर्दगोरिया बहुमुखी क्याम्पसको डिन कार्यालय काठमाडौको टोलिले फिजिबिलिटी अध्ययन अवलोकन गरेको छ । बुधबार बौनियामा आयोजित क्याम्पस संचालनका लागी पालिका संगको अन्तरक्रियामा डिन कार्यालय ब्यवस्थापन संकायका मदन पोख्रेल र मदन कडेलले क्याम्पस संचालनको स्रोत र व्यवस्थापनका बारेमा चासो राखेका छन । हामिले बर्दगोरियामा क्याम्पस संचालन गर्न अनुमती दिन्छौ तर क्याम्पसको दीर्घकालीन आर्थिक स्रोतको बारेमा जानकारी दिन आवस्यक रहेको मदन कडेलले बताए । उनले भने अहिले क्याम्पस संचालन गर्न तपाईहरु तयार भए पनि दीर्घकालीन आर्थिक स्रोतका बारेमा ठोस निर्णय लिन आवश्यक छ । यसै गरि डिन कार्यालय ब्यवस्थापन संकायका मदन पोख्रेलले त्रिभुवन विस्वविद्यालयबाट बाट…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ मा २ करोडको लागतमा सिचाई योजना बन्दै

बर्दगोरिया-६ मा २ करोडको लागतमा सिचाई योजना बन्दै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ६ मा सिचाई योजनाको शिलान्यास गरिएको छ । बुधबार पालिका अध्यक्ष कर्ण बहादुर कुँवर ,उपाध्यक्ष गणेश राज गिरि ,वडा अध्यक्ष राम कृष्ण डगौरा थारुले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो । महाकाली सिचाई योजनाबाट बिनियोजित करिब २ करोड लागतमा सो सिचाइ योजना बन्ने छ । सो बोरिङ बनेपछी त्यस क्षेत्रका जनतालाई सिचाई गर्न सहज हुने छ । शिलान्यास गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सिचाईका लागि बन्ने उक्ता बोरिङ्गले यस क्षेत्रका जनतालाई अब उपरान्त आकाशे पानिको भर नपर्नु पर्ने बताउनु भयो । पालिका अध्यक्ष कुँवरले भन्नुभयो ओभर ट्याङ्की सहितको बोरिङ्गले सबैलाई सिचाई गर्न…
पुरा पढ्नुहाेस्
राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ । संघीय संसद्को राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बहुमतले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित  भएको हो । शुक्रबार सरकार कोतर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रियसभामा  नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
पुरा पढ्नुहाेस्
मोहन्याल-६ मा तिन दिने बालभित्ते पत्रीका लेखन तथा शसक्तिकरन तालिम सम्पन्न

मोहन्याल-६ मा तिन दिने बालभित्ते पत्रीका लेखन तथा शसक्तिकरन तालिम सम्पन्न

कैलाली ।  कैलालीको मोहन्याल गाउँपालिकामा ३ दिने बाल भिते पत्रीका लेखन तथा सशक्तीकरण तालिम सम्पन्न भएको छ । पालिकाको वडा नम्बर ६ को आयोजनामा भएको उक्त तालीम सोमबार सम्पन्न भएको हो । वडा नम्बर ६ ले बालबालिका हरुमा बिद्यालयको शिक्षा सँगै बाहिर वातावरण देशको पछिल्लो अवस्था वारे जानकारी लिन सफल होस भन्दै उक्त तालिमको आयोजना गरेको बताए । तालिममा वडाका ३ बिद्यालयका करिब २५ जना विद्यार्थी हरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको कोसेली मिडिया प्रा,लि ले गरेको थियो ।
पुरा पढ्नुहाेस्

बर्दियाका सबै स्थानमा (माओवादी केन्द्र)को पहिलो चरणको स्कुलिङ्ग सम्पन्न

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं महाधिवेशनबाट पारित वैचारिक, राजनीतिक तथा संगठनात्मक विचार लाईनलाई पार्टीका सबैं तहमा पुर्याउने केन्द्रीय योजना अनुसार पार्टीको केन्द्रीय स्कुलिङ्ग विभागले केन्द्रीय स्तर हुँदै, प्रदेश र जिल्ला स्तरमा चलाएको प्रशिक्षण कार्यक्रम देशभर सञ्चालन भैरहेको बेला बर्दियामा भने सबै स्थानीय तहसम्म उत्साहजनक ढंगले सम्पन्न भएको खबर प्राप्त भएको छ । देशभरको रिपोर्टका आधारमा समेत जिल्ला भित्रका सबै स्थानीय तहसम्म प्रशिक्षण कार्यक्रम सानदार ढंगले सम्पन्न गर्नेमा बर्दिया जिल्ला पहिलो र महत्वपूर्ण देखिएको माओवादी केन्द्रका नेताहरु बताउँछन । बर्दियाका ६ स्थानीय तहहरु भौगोलिक हिसाबले जिल्लाको मध्ये भागमा पर्ने मधुवन नगर कमिटीबाट शुरुभएको पहिलो स्थानीय कमिटीको प्रशिक्षण कार्यक्रम…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-३ ले गर्‍यो वडा कार्यालयको भवन शिलान्यास

बर्दगोरिया-३ ले गर्‍यो वडा कार्यालयको भवन शिलान्यास

बर्दगोरिया । नागरिकलाई आफ्नै भवनबाट सेवा प्रदान गर्न कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ ले वडा कार्यालयको भवन शिलान्यास गरेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि (लालदीप) प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की, वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्य लगाएतको उपस्थितिमा भवनको शिलान्यास गरिएको हो । स्थानिय रत्नऋषि आचार्य र बर्तमान वडा अध्यक्ष आचार्यले वडा कार्यालय भवनको लागि जग्गा दान गरेपछि कार्यालयको आफ्नै भवन बन्ने भएको हो । वडा कार्यालय भवन निर्माणका लागि स्थानिय रत्नऋषि आचार्यले साढे १ र बर्तमान वडा अध्यक्ष आचार्यले बाटोसहित साढे ६ कठ्ठा जग्गा यसअघि नै दान गरेका…
पुरा पढ्नुहाेस्
बर्दगोरियाको १५ शैया दोदोधरा अस्पतालमा सेवा लिनेको चाप बढदै

बर्दगोरियाको १५ शैया दोदोधरा अस्पतालमा सेवा लिनेको चाप बढदै

बर्दगोरिया । बैशाख १५ गते उद्घाटन भएको १५ सैया दोदोधरा अस्पतालमा सेवा लिनेको चाप बढ्न थालेको छ । यतिखेर सामुदायिक अस्पतालमा नागरिकको बढ्दो विश्वसनीयताका कारण दोदोधरा अस्पतालमा स्वास्थ्य सेवा लिनेहरु बढ्न थालेका हुन । शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय कैलालीको सहयोगमा नसर्ने रोग सम्बन्धि एक दिने शिबिरमा स्वास्थ्य सेवा लिनेको भिड लागेको थियो । शुक्रबार दोदोधरा अस्पतालमा जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट मीन बहादुर धामी र दोदोधरा अस्पतालका डाक्टर तिर्थ ढुङ्गाना सहितको टोलिले प्रेसर, सुगर र सिकलसेलका साथै सामान्य रोगको निःशुल्क चेकजाच का साथै स्वास्थ्य परिक्षण गर्नुभएको थियो । जनतालाई घर आगनमा स्वास्थ्य सेवा पुगोस् भन्ने उद्देश्यले संचालन गरिएको १५ शैया…
पुरा पढ्नुहाेस्
सरकारले आ.व. २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

सरकारले आ.व. २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौँ । सरकारले आज आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै शुक्रबार दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिएका थिए । प्रतिनिधि सभाको हिजोको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८/०७९ पेस भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको ‘नेपाल सरकारको…
पुरा पढ्नुहाेस्