नागरिक उन्मुक्ति पार्टीले निकाल्यो बर्दगोरियामा राँके जुलुश

३, जेष्ठ २०८० बर्दगोरिया । नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आन्दोलनको तालिका अनुसार बुधबार बर्दगोरिया गाउपालिकामा राँके जुलुस सहित नारा लगाएको छ ।

रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेका कारण नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे सम्म नेपालबन्द सम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

‘यदि लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन, हामी आन्दोलन गर्न विवश हुने कोणसभा लाई सम्बोधन गर्दै केन्द्रिय सदस्य जन्मदेव सन्ज्यालले बताए ।

जेठ ३, ४ र ५ गते देशब्यापी राँके जुलुस प्रदर्शनी कोणसभा र ६ गतेदेखि १० गतेसम्म नेपालबन्द घोषणा गरे अनुसार बुधबार बर्दगोरियामा राँके जुलुश निकालेको हो ।

शान्तिपूर्ण आन्दोलनमा आफुहरुलाई प्रहरी प्रशासनले हस्तेक्षेप गरेको नागरिक उन्मुक्ति पार्टीका बर्दगोरिया गाउकमिटी अध्यक्ष हरिराम डगौराले बताए । उनले भने हाम्रो शान्तिपूर्ण राँके जुलुशलाई प्रहरीले हस्तक्षेप गर्यो ।

२०७२ सालमा संविधान जारी गर्दा त्यसको विरोधमा थारुहटमा भएको आन्दोलनका क्रममा सरकारी पक्षको दमनबारे अध्ययन गर्न सरकारले लालको नेतृत्वमा गठन गरेको थियो । तर उक्त आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।

नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले नै हल गर्नुपर्ने बताएको छ ।

‘हिजोको सम्मानित अदालतको फैसला न्यायमूर्तिहरुको निर्णय स्वीकार्य छ तर यो राजनीतिक मुद्दा हो अदालती होइन आजका सबै राजनीतिक दलका शीर्ष नेतृत्वले आफ्नो विगत फर्केर हेर्न अनुरोध गर्दै टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले नै हल गर्न नागरिक उन्मुक्ति पार्टीका नेताहरुले अनुरोध गरेका छन ।

आन्दोलनकै क्रममा भोलि बिहीवार राँके जुलुस सहित र्‍याली निकाल्नका लागि बर्दगोरियाका करिब ५ ह्जार जनता उतार्ने केन्द्रिय सदस्य जन्मदेव सन्ज्यालले बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार