पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन
२२ कात्तिक, काठमाडौं । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको अस्पताल भर्ना भएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । अस्पताल भर्ना भएका आलमको गएराति साढे २ बजे निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको केही दिनअघि देखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पताल व्यवस्थापन प्रमुख नारायण प्रसाद दाहालका अनुसार उनलाई दुई साता अगाडि अस्पतालमा भर्ना गरिएको थियाे । सिधै आईसीयुमा राखेर उपचार गरिएको थियाे र अवस्था झन् जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियाे । उपचारमा संलग्न चिकित्सकका अनुसार उनकाे मिर्गौला फेल भएको थियो । त्यसपछि निरन्तर डायलाइसिस भइरहेकाे थियाे…
















