ब्रेकिङ न्युज

Featured posts

यी हुन् राष्ट्रपति पौडेलले जारी गरेका ६ अध्यादेश

यी हुन् राष्ट्रपति पौडेलले जारी गरेका ६ अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा थप तीन वटा अध्यादेश जारी गरेका छन् । योसँगै पछिल्लो तीन दिनमा जारी भएका अध्यादेशको संख्या ६ पुगेको छ । राष्ट्रपति पौडेलले आज स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन् । यसअघि उनले वैशाख १८ गते शुक्रबार सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ० निवारण ९तेस्रो संशोधन० अध्यादेश २०८३ जारी गरेका थिए । यस्तै, वैशाख १७ गते बिहीबार सार्वजनिक खरिद ९दोस्रो संशोधन० अध्यादेश, २०८३, सहकारी ९पहिलो संशोधन० अध्यादेश, २०८३ जारी भएको थियो । संघीय…
पुरा पढ्नुहाेस्
राष्ट्रपतिद्धारा थप तीन अध्यादेश जारी

राष्ट्रपतिद्धारा थप तीन अध्यादेश जारी

काठमाडौं । शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन अध्यादेश जारी गरेका छन् ।   राष्ट्रपति पौडेलले शनिबार (वैशाख १९) स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका हुन् ।   त्यस्तै, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।   राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १४४ को उपधारा १० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन् । राष्ट्रपतिले यसअघि शुक्रबार (वैशाख १८) सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ९तेस्रो संशोधन० अध्यादेश गरेका थिए ।   त्यस्तै, बिहीबार (वैशाख १७)मा सहकारी ।पहिलो संशोधन०…
पुरा पढ्नुहाेस्
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जः ६ महिनामा मात्र २ हजार बढी पर्यटकले गरे भ्रमण

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जः ६ महिनामा मात्र २ हजार बढी पर्यटकले गरे भ्रमण

कञ्चनपुर। चालु आर्थिक वर्ष २०८२÷०८३ को ६ महिनामा मात्र कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन्।   भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका निकुञ्ज कार्यालयले जनाएको छ। यस्तै, निकुञ्ज भ्रमण गर्नेमा आन्तरिक पर्यटकको सङ्ख्या दुई हजार २७८ रहेको छ । त्यसबाहेक सार्क मुलुकका ४९ महिला र एक सय ९५ पुरुष गरी दुई ४४ जना, त्यसबाहिरका ४९ महिला र ६३ पुरुष गरी एक सय १२ जना पर्यटकले यहाँ भ्रमण गरेको निकुञ्जले जनाएको छ।     यस अवधिमा सबैभन्दा बढी गत चैतमा मात्र ६ सय २१ जना पर्यटकले निकुञ्ज…
पुरा पढ्नुहाेस्
जिप दुर्घटनामा परि १२ जना घाइते, तीनको अवस्था गम्भीर

जिप दुर्घटनामा परि १२ जना घाइते, तीनको अवस्था गम्भीर

१५ वैशाख, रुकुम पश्चिम । जिप दुर्घटना हुँदा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।   आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ग १ च ५२१३ नम्बरको बोलेरो जिप वडा नम्बर ९ को सुन्दरपानीस्थित भित्री सडकखण्डमा मंगलबार साँझ दुर्घटना भएको हो । सडकको भित्तामा ठोक्किएर भएको दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।   चालक सानीभेरी गाउँपालिका ४ का २६ वर्षीय नरेन्द्र बिक फरार रहेको र खोजी भइरहेको डिएसपी पौडेलले बताए । गाडी धनी आठबिसकोट नगरपालिका–८ का…
पुरा पढ्नुहाेस्
पेट्रोलियम पदार्थको मूल्य आज सम्मकै उच्चः कति पर्छ लिटरको ?

पेट्रोलियम पदार्थको मूल्य आज सम्मकै उच्चः कति पर्छ लिटरको ?

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेसँगै आजबाट पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार निगमले पेट्रोल तथा डिजेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको थियो । निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार, बढेको मूल्य आज बिहान १२ बजेदेखि कार्यान्वयनमा आइसकेको छ । नयाँ मूल्यसूची अनुसार आजदेखि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ । निगमले मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेको र यसले गर्दा निगमलाई पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा भइरहेको जनाएको छ । निगमले पेट्रोल,…
पुरा पढ्नुहाेस्
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन, पत्रकार महासंघको विरोध

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन, पत्रकार महासंघको विरोध

काठमाडौं । सरकारले सरकारी खर्चमा मितव्ययिता कायम तथा सूचना प्रकाशन प्रक्रियालाई पारदर्शी र एकरूप बनाउन भन्दै सरकार सञ्चार माध्यममामात्र विज्ञापन प्रकाशन प्रकाशन गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले जारी गरेको पत्रअनुसार अब सार्वजनिक निकायहरूले आफ्ना सूचना तथा विज्ञापनहरू सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने छ। शाखा अधिकृत विनोद रेग्मीले सचिवस्तरबाट बुधबार भएको निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरूले प्रेषित गरेका छन् । उक्त पत्रअनुसार अब सरकारी विज्ञापन र सूचनाहरू गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी स्वामित्वका सञ्चार माध्यममै प्रकाशन गर्नुपर्ने छ । त्यस्तो प्रकाशन तथा प्रसारणको भुक्तानी गर्दा सम्बन्धित…
पुरा पढ्नुहाेस्
डडेल्धुरा जिल्लामा ट्याक्टर दुर्घटना: एक जनाको मृत्यु

डडेल्धुरा जिल्लामा ट्याक्टर दुर्घटना: एक जनाको मृत्यु

डडेल्धुराः डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।   जिल्लाको अजयमेरु गाउँपालिका–२ बसना स्थित चमडा–डडेल्धुरा पक्की सडक खण्डमा चमडाबाट डडेल्धुरा तर्फ आउँदै गरेको सु.प.प्र.०१–००२ त ७४२८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी कृष्णपुर नगरपालिका–२ बाणी निवासी २० वर्षीय सन्दिप चौधरीको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टरमा चालकसहित पाँच जना सवार रहेका थिए। दुर्घटनामा घाइते भएका कृष्णपुर–२ बाणी निवासी २० वर्षीय जोन चौधरी र २० वर्षीय पुरन चौधरीको डडेल्धुरा अस्पताल मा उपचार भइरहेको छ। साथै २३ वर्षीय उमेश रानालाई थप उपचारका लागि धनगढी…
पुरा पढ्नुहाेस्
त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

तनहुँ । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो ।   नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए । आज पनि उक्त कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान १०ः४५ बजेको समयमा त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो ।   उक्त बस विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा काठमाडौँबाट गौरतर्फ जाँदै…
पुरा पढ्नुहाेस्
लम्की महोत्सव २०८२ को पूर्व संन्ध्यामा लम्की बजार सरसफाई 

लम्की महोत्सव २०८२ को पूर्व संन्ध्यामा लम्की बजार सरसफाई 

लम्की । मंगलबार आज लम्की बजार सरसफाई गरीएको छ ।   लम्कीचुहा उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको लम्की महोत्सव २०८२ को पूर्व संन्ध्यामा बजार सरसफाई गरीएको हो ।   सरसफाई कार्यक्रममा लम्कीचुहा उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय संघ संस्था, बजारबासीहरुको लगाएतको सहभागिता रहेको छ । (more…)
पुरा पढ्नुहाेस्
हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

९ मंसिर, धनगढी । हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ ।  भीमदत्त नगरपालिका-१४ को बनकट्टी स्याउले क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले कच्ची घर भत्काएर आक्रमण गर्दा ४५ वर्षीया धना बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान करिब पौने ३ बजेतिर बिष्ट घरभित्र सुतिरहेका बेला हात्तीले कुल्चेर गम्भीर घाइते बनाएको थियो । घाइते उनलाई तत्काल उद्धार गरी महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पुगाइएको थियो तर बिष्टको उपचारका क्रममा पौने ५ बजे मृत्यु भएको थियो । निकुञ्ज क्षेत्रमा हात्तीको आक्रमणबाट हरेक वर्ष मानिसको मृत्यु हुने गरेको छ । प्रहरीले स्थानीयलाई वन्यजन्तुबाट सावधानी अपनाउन तथा जोखिम क्षेत्र नजिक…
पुरा पढ्नुहाेस्