उपनिर्वाचनका लागि निर्वाचन आयोगले गर्‍यो आफ्नो कार्यतालिका सार्वजनिक

काठमाण्डौ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो कार्यतालिका सार्वजनिक गतेको छ ।

वैशाख १५ गते हुने इलाम प्रतिनिधि सभा क्षेत्र नं २ र बझाङ १ को प्रदेशसभा १ को लागी कार्यतालिका सार्वजनिक गरेको हो ।

जस अनुसार चैत २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यसै दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

आयोगका अनुसार उम्मेदवारको विरोधमा चैत २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने छ । २५ गते दिउँसो ३ बजेदेखि चैत २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय हुने आयोगले जनाएको छ ।

यस्तै चैत २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने छ । चैत २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने त्यही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने कार्यक्रम छ ।

वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान केन्द्रमा मतदान हुनेछ । यसैबीच निर्वाचन आयोगले गएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा नाम कायम रहेका व्यक्ति उपचुनावमा उम्मेदवार बन्न नपाउने जानकारी गराएको छ । बन्दसूचीबाट नाम हटेको अवस्थामा मात्रै उम्मेदवार बन्न पाउने आयोगले स्पष्ट पारेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार