अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखला; नेपालले आज नेदरल्याण्डससँग खेल्दै

काठमाडौं । नेपालले आज अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेदरल्याण्डससँग खेल्दैछ ।

हिजो नामिबियाविरुद्ध ३ रनले विजयी हुँदै नेपालले फाइनलको आशा जीवितै राखेको छ ।

फाइनलमा दाबेदारी बलियो बनाउन आज नेदरल्याण्ड्सलाई हराउनुपर्नेछ । त्यसपछि भोलि नामिबिया र नेदरल्याण्ड्सबीच हुने खेलको नतिजा पनि कुर्नुपर्नेछ ।

नेपाल यसअघिका दुई खेलमा भने पराजित भएको छ । नेपाललाई पहिलो खेलमा नामिबियाले २० र दोस्रो खेलमा नेदरल्यान्ड्सले दुई रनले हराएको थियो । नामिबियाले तीनमध्ये एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ । नेदरल्यान्ड्सले पनि दुई खेल खेलिसकेको छ ।

नेदरल्यान्ड्सले पहिलो खेलमा नेपाल र दोस्रो खेलमा नामिबियालाई हराएको थियो । चार अंकसहित नेदरल्यान्ड्स पहिलो, दुई अंकसहित नेपाल दोस्रो र दुई अंकसहित नामिबिया तेस्रो स्थानमा छन् ।

आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृंखला खेलिएको हो । नेपाल, नामिबिया र नेदरल्यान्ड्स तीनवटै राष्ट्र टी–२० विश्वकपमा छनोट भएका छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार