ब्रेकिङ न्युज

Featured posts

बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २ सय ३९ पुग्यो: १८ जना अझै बेपत्ता

बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २ सय ३९ पुग्यो: १८ जना अझै बेपत्ता

काठमाडौँ । गत साता परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी हाल सम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ पुगेको छ। उक्त विपद्मा परेर अहिलेसम्म १८ जना बेपत्ता भएका छन् भने एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिएका छन। हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ। बाढी र पहिरोको कारण अवरुद्ध बनेका राजमार्गको मन्त्रालयले सहायता परिचालन गरी मर्मत  कार्य गर्दै यातायात सञ्चालन गर्न प्रयास गरिरहेको उनले बताए।
पुरा पढ्नुहाेस्
विश्व रेबिज दिवस;  बर्दगोरियामा लगाइयो करिव ३ सय कुकुरहरूमा रेबिज विरुद्धको खोप

विश्व रेबिज दिवस;  बर्दगोरियामा लगाइयो करिव ३ सय कुकुरहरूमा रेबिज विरुद्धको खोप

बर्दगोरिया । विश्व रेबिज दिवसको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिकामा घरपालुवा र छाडा कुकुरहरूको उक्त रेबिज विरुद्धको खोप लगाइएको छ । कुकुरको टोकाई बाट लाग्ने उक्त रोगको निराकरण गर्ने उद्देश्यका साथ बर्दगोरिया गाउँपालिका पशु सेवा शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा बर्दगोरिय गाउँपालिका भित्र रहेका करिब १ सय ४५ वटा घरपालुवा र १ सय ४६ वटा छाडा कुकुर गरी जम्मा ३ सय कुकुरहरू लाई उक्त रेबिज विरुद्धको खोप लगाइएको बर्दगोरिया पशु सेवा शाखाले जनाएको छ  । खोप कार्यक्रममा भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्सक डा. मिलन खनाल, बर्दगोरिया  पशु सेवा शाखाका भेटेरिनरी अधिकृत जय प्रसाद…
पुरा पढ्नुहाेस्
स्याङ्जामा जिप दुर्घटना; ७ जना घाइते 

स्याङ्जामा जिप दुर्घटना; ७ जना घाइते 

काठमाडौँ । जिप दुर्घटनामा परि स्याङ्जामा ७ जना घाइते भएका छन । जिप स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको हो । सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग.१ ज ५७५६ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुर्घटनामा परेर घाइते हुनेमा आँधिखोला–५ घर भएका आत्मराम सिग्देल, कलावती घिमिरे, सिर्जना चापागाईँ, अमना नेपाली, शान्तिकुमार सापकोटा, शिव सिग्देल र ३ वर्षीया सोफिया नेपाली छन् । जिप चालक अर्जुनचौपारी गाउँपालिका वडा नम्बर–५ घर भएका २७ वर्षीय सागर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । घाइतेहरूलाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा रिफर…
पुरा पढ्नुहाेस्
बाढी पहिरोका कारण अवरुद्ध बिपी राजमार्ग दसैँअघि सम्म नखुल्ने

बाढी पहिरोका कारण अवरुद्ध बिपी राजमार्ग दसैँअघि सम्म नखुल्ने

काठमाडौँ । असोज ११ र १२ गतेको बाढी पहिरोबाट अवरुद्ध बिपी राजमार्ग दसैँअघि सञ्चालन नहुने भएको छ । बाढी पहिरोबाट राजमार्गको १२ किलोमिटर सडक बगेको छ । तत्काल अस्थायी बाटो बनाएर सवारी सञ्चालनमा समस्या रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सडकका साथै पुलमा पनि क्षति पुगेकोले तत्काल सडक सुचारु गर्न सक्ने अवस्था नरहेको हो । उक्त राजमार्गमा झन्डै ५ सय बढी गाडी र ती गाडीमा रहेका झन्डै १ हजार चालक तथा सहचालक फसेका छन । हाल ती फसेकाहरुलो उद्धार कार्यको प्रयास भइरहेको र दसैँ अघिसम्म उनीहरूको उद्धार सक्ने मन्त्रालयले जनाएको छ ।
पुरा पढ्नुहाेस्
नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बर्दगोरियाको सम्मेलन सम्पन्न

नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बर्दगोरियाको सम्मेलन सम्पन्न

बौनियाँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जन वर्गीय सङ्गठन नेपाल दलित मुक्ति मोर्चा बर्दगोरिया गाउँ कमिटीको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट दल बहादुर तिरुवाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कमिटी समेत गरेको छ । सम्मेलनमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं नेपाल दलित मुक्ति मोर्चा सुदूरपश्चिम प्रदेश फ्याक्स इन्चार्ज ओम प्रकाश पुन रहेका थिए । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुनले हरेक सामुदायिकका पीडा बोक्ने पार्टी भनेको माओवादी केन्द्र मात्र भएको जिकिर गरे । उनले भने– “विगतलाई निहाल्ने हो भने विगतका दिनमा दलित, जनजाति, महिला लगायत पिछडिएका वर्ग तथा समुदायले आफ्नो आवाज खुलेर राख्ने अवस्था नभएको…
पुरा पढ्नुहाेस्
धनगढी देखि बौनियाँ हुँदै मोहन्याल १ सम्मका लागि बस संचालनमा

धनगढी देखि बौनियाँ हुँदै मोहन्याल १ सम्मका लागि बस संचालनमा

कैलाली । कैलाली जिल्लाको दुर्गम पालिका मोहन्याल गाउँपालिकामा आज देखि रिभर साइड यातायात प्रा।ली।को बस सञ्चालनमा आएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका देखि बर्दगोरिया गाउँपालिका हुँदै मोहन्याल गाउँपालिका वडा नं १ तल्ला पानी जाने भएको हो । बिहीबार आज बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी ९लालदीप० ले उक्त रुटका लागि सञ्चालनमा आएको बस सेवाको बौनिया बजारमा आयोजित एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष गिरिले विगत दिनमा पैदल यात्रा गर्नु पर्ने भए पनि पछिल्लो समयमा देशमा भइरहेको क्रमशः विकासका कारण आज त्यहाँका आम जनसमुदायलाई सहज रूपमा यात्रा गराउन निम्ति बस सञ्चालनमा आएको बताए । उक्त…
पुरा पढ्नुहाेस्
आजबाट बडादसैँ सुरु, घटस्थापनाको साइत ९ः१६ बजे

आजबाट बडादसैँ सुरु, घटस्थापनाको साइत ९ः१६ बजे

काठमाडौँ । हिन्दुहरूको महान् चाड वडा दशै आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको हो । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने…
पुरा पढ्नुहाेस्
बाढी पहिरामा परी २ सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता

बाढी पहिरामा परी २ सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता

काठमाडौँ । हालैको बाढी पहिरामा परी अहिले सम्म २ सय २८ जनाको मृत्यु भएको छ । यस्तै २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ, भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ । सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले  बताए  ।
पुरा पढ्नुहाेस्
पितृपक्षको विधिवत् रुपमा आज समापन हुँदै

पितृपक्षको विधिवत् रुपमा आज समापन हुँदै

काठमाडौँ । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् रुपमा आज समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश रोकिए आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ । मिथिलाक्षेत्रमा पितृपक्षका बेला जलाशयमा…
पुरा पढ्नुहाेस्
माओवादी केन्द्रले बाढी पहिरोको पीडितलाई सहयोगमा पहल गर्दै

माओवादी केन्द्रले बाढी पहिरोको पीडितलाई सहयोगमा पहल गर्दै

काठमाडौँ, । बाढी पहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्याङ्क सङ्कलन गर्न नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा हिजो साँझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढी पहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हुँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ । बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टी पङ्क्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय समेत गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका…
पुरा पढ्नुहाेस्