ब्रेकिङ न्युज

Featured posts

देशभर बाढीको स्थितिमा सुधार

रासस काठमाडौँ । देशभर मौसममा सुधार आएसँगै विभिन्न नदीमा बाढीको स्थितिमा पनि सुधार आएको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि भारी वर्षा रोकिएसँगै बाढीको स्थितिमा पनि सुधार आएको जानकारी दिएको छ । विभागका बाढीविद् विनोद पराजुलीले सबै नदीहरुमा बाढी सहज अवस्थामा आउने क्रममा रहेको जानकारी गराउँदै अब तत्कालका लागि थप बाढीको जोखिम नरहने जानकारी दिए । ुबाढी आएका अधिकांश नदीहरुमा पानीको सहत घट्ने क्रममा छ, विस्तारै नदीमा पानीको सतह कम हुँदै जाने छ,ु उनले भने, अब मनसुन पनि सकिन लाग्यो, अहिलेको जस्तो विनाश ल्याउने ठूलो वर्षाको सम्भावना कम छ ।
पुरा पढ्नुहाेस्
काठमाडौंका ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौंका ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौं । जल तथा मौसम विभागले काठमाडौं उपत्यकाका ११ स्थानमा हाल सम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ । विभागले आइतबार सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) सङ्घीय राजधानी काठमाडौंका विभिन्न जलमापन केन्द्रहरुले रेकर्ड गरेको तथ्याङ्क अनुसार हालसम्म कै धेरै पानी परेको उल्लेख गरिएको छ । जस अनुसार वर्षाको विवरण राख्ने क्रम सुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो । नेपालमा वर्षामापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो । विभागका अनुसार, काठमाडौंको पानीपोखरीमा २०६.६ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । काठमाडौँ विमानस्थलको वर्षा मापन…
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सोमवार आज स्वदेश फर्किँदै छन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज स्वदेश फर्किने भएका हुन । उनी आज दिउँसो चार बजे स्वदेश आइपुग्ने कार्यक्रम रहेको छ । त्यसको एक घण्टापछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी–पहिरोको क्षतिका बारेमा मन्त्री हरुसँग जानकारी लिनेछन् । गत असोज ४ गते संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली न्यु योर्क गएका थिए । ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए ।
पुरा पढ्नुहाेस्
बाढी पहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या २ सय नजिक

बाढी पहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या २ सय नजिक

रासस काठमाडौँ । बाढी पहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ९२ पुगेको छ । ३० जना अझै बेपत्ता छन् । एक सय ९४ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । बाढी पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई अहिलेसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । बाढी पहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको पनि सरकारको भनाइ छ ।
पुरा पढ्नुहाेस्
भुटान भ्रमणमा जाँदै, पूर्व राजा ज्ञानेन्द्र शाह

भुटान भ्रमणमा जाँदै, पूर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौँ । भ्रमणको सिलसिलामा पूर्व राजा ज्ञानेन्द्र शाहले भुटान जाने भएका छन् । शाह आगामी साता निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने भएका हुन । शाहले नौरथाको अवधिमा त्यहाँका विभिन्न शक्तिपिठको दर्शन गर्ने कार्यक्रम रहेको छ । दसैँ मान्न भने उनी काठमाडौँ नै फर्किने कार्यतालिका तय भएको छ ।
पुरा पढ्नुहाेस्
मौसममा खराबी: आन्तरिक हवाई उडान प्रभावित 

मौसममा खराबी: आन्तरिक हवाई उडान प्रभावित 

काठमाडौँ । मौसममा खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने दैनिक आन्तरिक उडान प्रभावित भएको छ । काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहेको भए पनि मौसममा आएको खराबीका कारण विमानस्थलबाट हुने दैनिक आन्तरिक उडान भने प्रभावित भएका छन । जसका कारण काठमाडौँ बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको छ । विमानस्थलका अनुसार ‘इनरुट बेदर’ बिग्रिएकाले दुई विमान ‘डाइभर्ट’ भएका छन् । काठमाडौँबाट सिमराका लागि उडेको यती एयरलाइन्सको विमान सिमराको आकाशमा पुगेर अवतरण हुन नसकी काठमाडौँ पक्रिएको छ । यस्तै सोही एयरलाइन्सको काठमाडौँबाट विराटनगरका लागि उडेको अर्को विमान मौसम बिग्रिएकाले बिचबाटबाटै काठमाडौँ फर्किएको छ । मौसम बिग्रिएकाले आजका…
पुरा पढ्नुहाेस्
बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

कैलाली । कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। सोमवार साँझ जिल्लाको गौरीगंगा नगरपालिका–९ मसुरियामा सुदूरपश्चिम प्रदेश ०१–००१ क २४६४ नम्बरको बसले ठक्कर दिदा सोही ठाउँ बस्ने ८४ वर्षीय हर्कबहादुर बमको मृत्युु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सडकमा बाटो क्रस गर्ने क्रममा बमलाई बसले ठक्कर दिएको थियो। उनको सोमवार राति धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बोहोराले बताए। बस र चालक गौरीगंगा नगरपालिका–९ का ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।
पुरा पढ्नुहाेस्
सुदूरपश्चिमसहित देशभर भारी वर्षाको सम्भावना

सुदूरपश्चिमसहित देशभर भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोसी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थान हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोसी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि…
पुरा पढ्नुहाेस्

एसइईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ जना मात्र पास

काठमाडौँ । यस वर्षको एसइई परीक्षाको ग्रेड वृद्धि परीक्षा दिएका मध्ये एक लाख १९ हजार चार सय २५ जना मात्र ग्रेड ( पास) भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले चैतमा लिएको नियमित परीक्षामा ऐनजी आएका र अनुपस्थित विद्यार्थीलाई पुन लिएको परीक्षामा पनि ५६.७८ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी दुई लाख १० हजार तीन २१ जना मध्ये एक लाख १९ हजार चार २५ जना मात्रै उत्तीर्ण भएका हुन् । परीक्षा नियन्त्रक नन्दलाल पौडेललेले ऐनजी र अनुपस्थित विद्यार्थी ९० हजार आठ सय ८८ जना छन् । कार्यालयले आठ जनाको उत्तर पुस्तिका रद्द गरेको छ…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमानः सुदुरपिश्चम लगायत देशभर आगामी ५ दिनसम्म भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमानः सुदुरपिश्चम लगायत देशभर आगामी ५ दिनसम्म भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि असोज ८ मङ्गलवार देखी १२ गते शनिवार सम्म देशव्यापी रूपमा मौसम बदली र वर्षाको सम्भावना देखिएको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र भोलि असोज ८ गते दिउँसोदेखि बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावका कारण ५ दिनसम्म देशभर मौसम बदली रही भारी वर्षाको सम्भावना रहेको छ । सोमबार राति विशेष बुलेटिन जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छ– असोज ८ गते मङ्गलवार दिउँसोदेखि देशभर आंशिकदेखि साधरणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा तथा केही स्थानमा मध्यम वर्षा र एक÷दुई स्थानमा भारी…
पुरा पढ्नुहाेस्