
काठमाडौँ । गत साता परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी हाल सम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ पुगेको छ।
उक्त विपद्मा परेर अहिलेसम्म १८ जना बेपत्ता भएका छन् भने एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिएका छन।
हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ।
बाढी र पहिरोको कारण अवरुद्ध बनेका राजमार्गको मन्त्रालयले सहायता परिचालन गरी मर्मत कार्य गर्दै यातायात सञ्चालन गर्न प्रयास गरिरहेको उनले बताए।