विश्व रेबिज दिवस;  बर्दगोरियामा लगाइयो करिव ३ सय कुकुरहरूमा रेबिज विरुद्धको खोप

बर्दगोरिया । विश्व रेबिज दिवसको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिकामा घरपालुवा र छाडा कुकुरहरूको उक्त रेबिज विरुद्धको खोप लगाइएको छ ।

कुकुरको टोकाई बाट लाग्ने उक्त रोगको निराकरण गर्ने उद्देश्यका साथ बर्दगोरिया गाउँपालिका पशु सेवा शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा बर्दगोरिय गाउँपालिका भित्र रहेका करिब १ सय ४५ वटा घरपालुवा र १ सय ४६ वटा छाडा कुकुर गरी जम्मा ३ सय कुकुरहरू लाई उक्त रेबिज विरुद्धको खोप लगाइएको बर्दगोरिया पशु सेवा शाखाले जनाएको छ  ।

खोप कार्यक्रममा भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्सक डा. मिलन खनाल, बर्दगोरिया  पशु सेवा शाखाका भेटेरिनरी अधिकृत जय प्रसाद कोइराला, पशु सेवा इकाई वडा नम्बर ६ का प्रमुख युवराज कठरिया रहेका थिए ।

के हो रेबिज, कसरी सर्छ ?

सुरुमा जनावरको र्‍यालमा रहेका भाइरस जनवारको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीमा स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्दछ । गिदीमा सङ्क्रमण  भएपछि मात्र विशेष लक्षणहरू देखिन्छन् । अन्त्यमा गिदीका मसिना स्नायुबाट भाइरस र्‍याल ग्रन्थि, छाला, आँखाको कोर्निया र अन्य अङ्गमा पुग्दछ । यस्ता सङ्क्रमित जनावरले टोक्दा र्‍याल ग्रन्थिमा भएको भाइरस फेरि अर्को जनवारको शरीरमा प्रवेश गर्छ । रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।

लक्षण…

रेबिज लागेमा ज्वरो आउने, झम्मझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ । त्यस्तै पानी, हावादेखि डराउने, चिटचिट हुने, रिसाउने जस्ता समस्या पनि देखिन्छ । रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्दछ । यसबाट अरू मानिसमा पनि सर्न सक्छ । रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ । रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ । रेबिजका कारण हृदयाघात र मृत्यु पनि हुन सक्छ ।

विधि रेबिज रोग लागिसकेपछि बाँच्न गाह्रो हुन्छ । रेबिजपछि बिरामीको दुखाइ व्यवस्थापन र बाँचुन्जेल सजिलो बनाउने मात्र हो । घरपालुवा कुकुरलाई नियमित रूपमा खोप लगाउने, भुस्याहा कुकुरबाट बच्ने र सम्भव भए व्यवस्थापन गर्ने । कुकुर, स्याल, चमेरो, बिरालोको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउने, रेबिजको भाइरस हुने सम्भावित जनावरले टोकेपछि तत्काल साबुन पानीले घाउ सफा गर्ने । जतिसक्दो चाँडो अस्पताल पुर्‍याई रेबिजविरुद्धको खोप लगाउनु उपयुक्त हुन्छ ।  कुकुरले टोकेपछि छिटो भ्याक्सिन लगाउँदा भाइरस धेरै फैलिन पाउँदैन । कुकुरले टोकेको ४८ देखि ७२ घण्टासम्म भ्याक्सिन लगाउनुपर्ने चिकित्सकहरूको भनाइ छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार