एनपिएल तेस्रो संस्करण; लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै
काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको प्लेअफ चरण आजदेखि सुरू हुँदैछ। पहिलो क्वालिफायरमा लिग चरणको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र दोस्रो स्थानको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ४ः३० बजे सुरू हुनेछ। आजको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले फाइनल पुग्ने अर्को अवसर पाउनेछ। लिग चरणमा दुवै टोलीले समान पाँच खेल जितेका थिए। लुम्बिनीले सात खेलबाट पाँच जित, एक हार र एक खेल वर्षाका कारण रद्द हुँदा ११ अंक जोड्दै शीर्ष स्थान हासिल गरेको थियो। सुदूरपश्चिमले पाँच जित र दुई हारसहित १० अंक जोडेर दोस्रो स्थानमा…

















