
कञ्चनपुर । भारतीय मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका-२ को खैरेनीस्थित युपी ३१ एस ८३१४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा
मोटरसाइकल चालक लखिमपुरखिरी थाना सम्पूर्णनगर-१ बस्ने ६५ वर्षीय सतरोहन लाल यादवको मृत्युु भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















