बर्दगोरियामा बेमौसमी आलु खेती भित्र्याउने कार्य शुरु
बर्दगोरिया । कैलालीको बर्दगोरोया गाउँपालिकामा लगाइएको बेमौसमी आलु खेली यति खेर भित्र्याउने कार्य चलिरहेको छ । गाउँपालिकाको कृषि बिकास शाखाले गत माघमा ५० प्रतिशत अनुदानमा कृषक हरुलाई उक्त बेमौसमी खुमल सेतो १ र खुमल सेतो २ जातको आलु वितरण गरेको थियो । सो आलु खेतिको सोमबार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर, उपाध्यक्ष गणेश राज गिरि, वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरी लगाएका जनप्रतिनिधि तथा कृषि विकास शाखा प्रमुख झन्कर रावत लगाएको टोलीले अनुगमन गरेको थियो । सो अनुगमनका क्रममा सुन्दरी चौधरी कठरियाले आफुहरु जस्तो कृषि पेशामा लागिरहेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा यस्ता बेमौसमी तरकारी खेतिको विउ दिई कृषि…
















