बर्दगोरिया गाउँपालिकाको पशु र कृषि शाखाको संयुक्त अनुगमन मंगलबार सम्पन्न

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाको पशु र कृषि शाखाको संयुक्त अनुगमन मंगलबार सम्पन्न भएको छ ।

पशु र कृषि शाखाले बितरण गर्ने अनुदानका लागी मंगलबार पालिका उपाध्यक्ष गणेश राज गिरि ,अनुगमन समिती सदस्य तथा कार्यपालिका सदस्य भिम बहादुर बिस्वकर्मा, पशु शाखा अधिकृत जय प्रसाद कोईराला ,नायब पशु सेवा प्राबिधिक अनिल ओलि , कृषि शाखाका नायब प्राबिधिक सहायक धिरेन्द्र चौधरी, इन्जिनियर टंक प्रसाद ओझा लगाएतको टोलिले किसानका घर दैलोमा पुगेर स्थगलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा कसैले एकदमै राम्रो काम गरेको र कसैले अनुदान खानकै लागि मात्र गरेको पाईएको छ । बर्दगोरियाका ६ वटै वडामा पशु पालक कृषक र तरकारी खेती संगै अनुदानमा बितरण गरिने बोरिङको अनुगमनमा पुगेको टोलिले राम्रो गर्नेलाई प्राथमिकतामा राखेर बितरण गरिने बताएको छ ।

अनुगमनका क्रममा पालिका उपाध्यक्ष गणेश राज गिरिले आवश्यकताका आधारमा सिचाई सुबिध सबैलाई पुगोश भन्ने उद्देश्यका साथ बोरिङ हरु बितरण गर्न कृषि शाखालाई अनुरोध गरेका छन ।

साथै राम्रो तरकारी कृषकलाई उचित अनुदान दिन आग्रह गरे । बर्दगोरियालाई तरकारिमा आत्मनिर्भर बनाउन सबै कृषकलाई तरकारी खेती गर्न गिरिले आग्रह गरे ।

कृषि बिकाश शाखाले बोरिङमा ८५ प्रतिशत अनुदान दिने कृषि बिकाशा शाखा प्राबिधिक दिपेन्द्र चौधरिले जानकारी दिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार