महिला उद्यमशिलता विकास सम्बन्धि ३ दिने तालिम बर्दगोरियामा सम्पन्न
३, असोज २०७९ बर्दगोरिया कैलाली । कैलाली बर्दगोरियामा स्थानीय स्तरमा गठित समुहका महिला सदस्यहरूलाई उद्यमशिलता विकास सम्बन्धि तीन दिने तालिमको समापन गरिएको छ । दलित महिला संघ (fedo) कैलालीको आयोजना र foundation just society (fjs) को सहयोगमा संचालन भएको उक्त तालिमको सोमबार एक कार्यक्रमका बीच तालीमको समापन गरिएको हो । "समग्र विकासको अनुरोध, जातीय तथा लैङ्गिक विभेद" भन्ने मुल नारा सहित शुरु भएको उक्त तीन दिने तालीमको प्रशिक्षण देवेन्द्र अधिकारीले गरेका हुन । कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै तालीम सिकेका कुरा व्यवहारीक रुपमा उतार्न अनुरोध गरे।…














