कृषि

मुक्त कमैयाहरुको आयआर्जनका लागि बर्दगोरियामा बाख्रा वितरण

मुक्त कमैयाहरुको आयआर्जनका लागि बर्दगोरियामा बाख्रा वितरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा मुक्त कमैयाहरुको आयआर्जनका लागि बाख्रा वितरण गरिएको छ ।   पालिकाको पशुसेवा शाखाको वार्षिक कार्यक्रम अन्तर्गत वडा नम्बर ३ मा रहेका मुक्त कमैयाहरुलाई उक्त बाख्रा वितरण गरिएको हो । बाख्रा वितरण कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा नम्बर ३ का वडा अध्यक्ष लगाएको सहभागिता रहेको थियो । कार्यक्रम मार्फत पालिकाको वडा नम्बर ३ स्थित मुक्त कमैया शिविरका २६ जना पशुपालक कृषक हरुलाई उक्त बाख्रा वितरण गरिएको हो । जस्मा २५ वटा माउ बाख्रा रहेका छन भने १ वटा (बोका) बाख्रा रहेको पशु सेवा शाखाका नायब पशु सेवा प्राविधिक अनिल ओलीले जानकारी दिए ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया-४ मा पशुसेवा शाखा द्वारा बङ्गुरका पाठापाठी वितरण

बर्दगोरिया-४ मा पशुसेवा शाखा द्वारा बङ्गुरका पाठापाठी वितरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा मुक्त कमैया ,दलित महिला ,एकल महिलाहरुलाई बङ्गुरका पाठापाठी वितरण गरिएको छ । बुधबार बर्दगोरिया गाउँपालिका पशु सेवा शाखाको आयोजनामा पालिका अध्यक्ष कर्ण बहादुर कुवरले बङ्गुरका पाठापाठी वितरणको उद्घाटन गर्नुभएको थियो । व्यावसायिकरूपमा बङ्गुरपालन गरिरहेका किसानलाई सघाउने पालिकाको उद्देश्य हो”, बङ्गुरका पाठापाठी वितरण गर्दै पालिका अध्यक्ष कुवरले भन्नुभयो “बङ्गुरपालन सहज र मासु खपत पनि राम्रो रहेकाले किसानले घरमै बसेर आम्दानी गर्न सकिने व्यवसाय हो । हामी कृषि तथा पशुपालनमा आबद्ध किसानलाई प्रोत्साहन गर्ने कार्यमा सक्रिय छौँ ।” गाउँपालिकाका अध्यक्ष कुवरले पाएको अनुदानलाई सही सदुपयोग गर्न किसानलाई आग्रह गर्नुभयो । “हामीले दिएका बङ्गुरलाई पालेर…
पुरा पढ्नुहाेस्
पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वशेदमै भ्याक्सिन उत्पादन गर्ने

पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वशेदमै भ्याक्सिन उत्पादन गर्ने

१५ जेठ, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष लागि बजेट प्रस्तुत गर्दै पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वशेदमै भ्याक्सिन उत्पादन गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८०-८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पशुपन्छीको महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न भएको हो । आगामी आर्थिक वर्षमा पशुपन्छीमा हुने विभिन्न रोगका करिब ६ करोड ६० लाख डोज भ्याक्सिन स्वदेशमै उत्पादन गर्न आवश्यक रकम विनियोजन गरिएको बताएका छन्।
पुरा पढ्नुहाेस्
कैलालीको बर्दगोरियामा धानको बिउ वितरण कार्य शुरु

कैलालीको बर्दगोरियामा धानको बिउ वितरण कार्य शुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा बर्खे धानको बिउ वितरण कार्य शुरु भएको छ । बर्दगोरिया गाउँपालिका कृषि बिकास शाखाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत आज देखि उक्त धानको विउ बितरण कार्य शुरु भएको हो । बर्खे खेती को समय नजिकए सङ्ग सोमबार आज देखि उक्त धानको बिउ वितरण कार्य शुरु गरेको बर्दगोरिया गाउँपालिका कृषि बिकास शाखा अधिकृत झंकर रावतले जानकारी दिए । उनका अनुसार उक्त धानको विउ ५० प्रतिशत अनुदानमा कृषकहरुलाई वितरण गरिदै छ । उक्त धानको विउ वितरण गर्दै बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले कृषक हरुलाई कुनै पनि कृषि जन्य वस्तुको कमि हुन नदिने बताए…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा बेमौसमी आलु खेती  भित्र्याउने कार्य शुरु

बर्दगोरियामा बेमौसमी आलु खेती भित्र्याउने कार्य शुरु

बर्दगोरिया । कैलालीको बर्दगोरोया गाउँपालिकामा लगाइएको बेमौसमी आलु खेली यति खेर भित्र्याउने कार्य चलिरहेको छ । गाउँपालिकाको कृषि बिकास शाखाले गत माघमा ५० प्रतिशत अनुदानमा कृषक हरुलाई उक्त बेमौसमी खुमल सेतो १ र खुमल सेतो २ जातको आलु वितरण गरेको थियो । सो आलु खेतिको सोमबार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर, उपाध्यक्ष गणेश राज गिरि, वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरी लगाएका जनप्रतिनिधि तथा कृषि विकास शाखा प्रमुख झन्कर रावत लगाएको टोलीले अनुगमन गरेको थियो । सो अनुगमनका क्रममा सुन्दरी चौधरी कठरियाले आफुहरु जस्तो कृषि पेशामा लागिरहेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा यस्ता बेमौसमी तरकारी खेतिको विउ दिई कृषि…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिका पशुसेवा शाखा द्वारा घाँसको बिउ वितरण कार्य शुरु

बर्दगोरिया गाउँपालिका पशुसेवा शाखा द्वारा घाँसको बिउ वितरण कार्य शुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका पशुसेवा शाखाले ५० प्रतिशत अनुदानमा बर्खे घाँसको बिउ वितरण गरेको छ । शाखाले मंगलबार आफ्नो वार्षिक स्वीकृत कार्यक्रम अनुसार पशुपालन किसानहरुलाई उक्त ५०% अनुदानमा वर्खे घाँस ( सुडान ) को बीउ बितरण शाखा प्रमुख जय प्रसाद कोइरालाले जानकारी दिए । घाँसको विउ वितरण कार्यक्रममा सहभागी बन्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले पशुपालन किसानहरुलाइलाई थप हौसला दिलाउदै आर्थिक सहुलियत मा घाँस को बीउ वितरण गरिएको मा पशुसेवा शाखा लाई धन्यवाद व्यक्त गरे । यस्तै उक्त कार्यक्रम बाट पालिकाका ५ सय जना किसानले घाँसकाे बिउको लागि फारम भरेको बर्दगोरिया गाउँपालिका पशु सेवा शाखाका नायब पशु सेवा प्राविधिक…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाको पशु र कृषि शाखाको संयुक्त अनुगमन मंगलबार सम्पन्न

बर्दगोरिया गाउँपालिकाको पशु र कृषि शाखाको संयुक्त अनुगमन मंगलबार सम्पन्न

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाको पशु र कृषि शाखाको संयुक्त अनुगमन मंगलबार सम्पन्न भएको छ । पशु र कृषि शाखाले बितरण गर्ने अनुदानका लागी मंगलबार पालिका उपाध्यक्ष गणेश राज गिरि ,अनुगमन समिती सदस्य तथा कार्यपालिका सदस्य भिम बहादुर बिस्वकर्मा, पशु शाखा अधिकृत जय प्रसाद कोईराला ,नायब पशु सेवा प्राबिधिक अनिल ओलि , कृषि शाखाका नायब प्राबिधिक सहायक धिरेन्द्र चौधरी, इन्जिनियर टंक प्रसाद ओझा लगाएतको टोलिले किसानका घर दैलोमा पुगेर स्थगलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा कसैले एकदमै राम्रो काम गरेको र कसैले अनुदान खानकै लागि मात्र गरेको पाईएको छ । बर्दगोरियाका ६ वटै वडामा पशु पालक कृषक र तरकारी खेती…
पुरा पढ्नुहाेस्
गोदावरी कृषि सहकारी द्धारा भैंसी वितरण

गोदावरी कृषि सहकारी द्धारा भैंसी वितरण

धनराज विक ÷ चैत्र ६ धनगढी गोदावरी – गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेडले कृषकलाई भैंसी वितरण गरेको छ । स्वरोजगारबाट आयआर्जन गरि आत्मनिर्भर बन्नको लागि सोमबार सहकारीले मुर्रा जातको १४ वटा भैंसी र १ राँगो वितरण गरेको हो । सुदूरपश्चिम सरकार भूमी व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत भेटरेनरी तथा पशुसेवा विज्ञ केन्द्रको १० लाख र सहकारीको १० लाख अनुदानमा सहकारीका शेर सदस्य कृषकलाई भैंसी वितरण गरिएको सहकारीका अध्यक्ष कृष्ण बिकले बताए । दुध बेचेर आम्दानी गरि जिविकोपार्जनमा सघाउ पुग्ने उद्देश्यले भैंसी वितरण गरिएको हो । गोदावरी नगरपालिकाको ओलानी क्षेत्र भैंसी पालनको लागि उचित भएकोले उन्नत जातको भैंसी पालनमा जोड…
पुरा पढ्नुहाेस्
जनउत्थान लघु बुत्त बित्तीय संस्था लि.ले दियो बर्दगोरियामा व्यवसायीक बेमौसमी तरकारी खेती सम्बन्ध तालीम

जनउत्थान लघु बुत्त बित्तीय संस्था लि.ले दियो बर्दगोरियामा व्यवसायीक बेमौसमी तरकारी खेती सम्बन्ध तालीम

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा २ दिने व्यवसायीक बेमौसमी तरकारी खेती सम्बन्ध तालीम सम्पन्न भएको छ । जन उत्थान सामुदायिक लघुबित्त वित्तीय संस्था लिमिटेड कोटातुस्लीपुर शाखा को आयोजनामा भएको तालिमको आज एक कार्यक्रमका बीच समापन गरिएको हो । तालीममा बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका र लम्की चुहा नगरपालिका का ३० समुहका ३० जना महिलाको सहभागी रहेको थियो । शाखा प्रमुख नरेश कुमार बोहराको अध्यक्षतामा सम्पन्न भएको तालीमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा सदस्य रामचन्द्र कठरिया रहेका थिए । कार्यक्रम प्रमुख अतिथिको आसन बाट बोल्दै वडा सदस्य कठरियाले पछिल्लो समयमा मानिसमा लघुबित्त भन्ने शब्द सुन्दा पनि निराशाजनक भएको…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा ३ दिने व्यवसायिक बाख्रा पालन तालीम शुरु

बर्दगोरियामा ३ दिने व्यवसायिक बाख्रा पालन तालीम शुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा ३ दिने व्यवसायिक बाख्रा पालन सम्बन्धि तालीम बिहिवार बाट शुरु भएको छ । तालीम पालिकाको वडा नम्बर १ को सभाहलमा शुरु भएको हो । तालिम पालिकाको वडा नम्बर ३ का २५ जना मुक्तकमैया शिविरका नागरिकलाई दिइदै छ । बर्दगोरिया गाउँपालिका पशु स्वास्थ्य शाखाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अन्तरगत विनियोजित रकम बाट उक्त तिन दिने तालिमको संचालन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले सरकारले लगाएको लगानीको आम जनताहरुले सहि रुपमा सदुपयोग गर्नु पर्ने बताए । उनले भने यो तालिम आम जनतको आर्थिक उन्नतिका निम्ति रहेको…
पुरा पढ्नुहाेस्