बर्दगोरिया- ५ मा आठ दिने उद्यमशिलता विकास सम्बन्धि तालिम शुरु

२६, पौष, बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा आठ दिने उद्यमशिलता विकास सम्बन्धि तालिम शुरु भएको छ ।
मंगलबार वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरीले तालिमको उद्घाटन गरेका हुन ।

“आर्थिक समृद्धि आधार” लघु उद्यम मार्फत स्वरोजगार” भन्ने नाराका साथ गरिवी निवारणको लागी लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत उक्त सात दिने उद्यमशिलता विकास (siyb) र १ दिने लैङ्गकि समान्ता तथा समावेशी करण (GESI) ले तालीमको संचालन गर्न लागेको हो ।

तालिममा वडाका १४ महिला र १ पुरुष गरी जम्मा १५ जना महिलाको सहभागी रहेको छ । उक्त तालिममा महिला हरुलाई सैद्धान्तिक र व्यवहारीक तरिकाले तालिम दिइने भएको तालिमका संचालक उद्दम बिकास सहजकर्ता गुल्सन चौधरीले जानकारी दिइन ।

बर्दगोरिया गाउँपालिकाको आयोजना र उद्दोग बाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा तालिम संचालन भएको हो ।

तालिमको उद्घाटन गर्दै वडा नम्बर ५ का अध्यक्ष चौधरीले आफ्नो वडामा विशेष गरि तरकारी खेती गर्ने कृषकहरुको संख्या बढि भएको ले आफुले तरकारी खेतीलाई प्राथमिकता दिदै तरकारी खेती सम्बन्ध तालिमको माग गरेको बताए । सोही अनुसार सहभागीले पनि अनुसाशित भइ तालिमा सहभागीता जनाई तालिमा सिकेका कुरा पुर्णतया व्यवहारमा ल्याउने कुरामा पनि  विश्वस्त रहेको बताए ।

यस्तै तालिममा सहभागी हरुले आफ्नो दिगो आर्थिक पार्जनका लागी तरकारी खेती गर्न चाहेमा ८० प्रतिशत अनुदान र २० प्रतिशत व्यक्तिगत लगानीमा खेती गर्न सक्ने बर्दगोरिया गाउँपालिका उद्दम बिकास सहजकर्ता गुल्सन चौधरीले जानकारी दिइन । उनका अनुसार उक्त ८० प्रतिशत आर्थिक सहयोग कृषि जन्य सामाग्री र बिउबिजन खरिदका लागी प्रयोग गर्न सकिने भएको छ । तालिमको प्रशिक्षण उद्दम बिकास सहजकर्ता गुल्सन चौधरी र कृष्ण चौधरीले दिने भएका हुन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार