श्री बालकन्या मा.वि.ले गर्यो सरस्वती पुजा सँगै विभिन्न सांस्कृतिक कार्यक्रम
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको श्री बालकन्या माध्यमिक विद्यालयको आयोजनामा विद्याकी देवी सरस्वतीको पूजा आरधाना गरिएको छ । सरस्वती पुजा एवम वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । सरस्वती पुजाको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका छात्रछात्रा, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा विद्यालयका शिक्षक, शिक्षिकाहरुले विद्याकी देवी सरस्वतीको फोटोमा फुल अबिर तथा अगरबत्ती बालेर सरस्वती बन्दना गरी मनाएका छन्। सरस्वती पुजाकै अबसरमा चित्रकला प्रदशनी गरिनुका साथै सास्कृतिक कार्यक्रम गरिएको थियो । सोही अवसरमा विद्यालयले गाएन प्रतियोगिता समेत गरेको प्रधानाध्यापक सुशिला कुवरले बताउनुभयो । कार्यक्रममा बर्दगोरिया शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट,…
















