बर्दियाको समग्र विकासका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडाैं | बर्दियाको समग्र विकासका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराइएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेकपा (माओवादी केन्द्र)का नेताहरूले बर्दियाका विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

माओवादीका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसँग भेटेर बर्दियाको विकासका विषयमा छलफल गरेका हुन् ।

नेताहरूले ठाकुरबाबाको मुक्त कमैया र सुकुम्बासी बस्तीमा देखिएको समस्या, स्थानीय विकास र अन्य विविध विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको वैकल्पिक केन्द्रीय सदस्य लोकराज जैसी (लोकेश)ले जानकारी दिए ।

ठाकुरबाबाको पर्यटकीय विकास, राष्ट्रिय निकुञ्ज र जनावरबाट भोग्नुपरेको समस्या तथा सुरक्षाको उचित व्यवस्थापनलगायत विषयमा आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए ।

छलफलपछि प्रधानमन्त्री प्रचण्डले बर्दियाको समस्या हल गर्ने र विकास निर्माणमा ध्यान दिने प्रतिवद्धता जनाए । छलफलमा जोशीसहित माओवादी केन्द्रीय सदस्यहरू तिलकराम शर्मा (हिमाल), अञ्जु दहितलगायतको उपस्थित थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार